काठमाडौँ | नेपालमा यसैवर्षदेखि फाइभजी सुरू हुने भएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बोल्दै सञ्चार तथा सूचना प्रविधि पृथ्वी सुब्बा गुरूङले यसैवर्षदेखि फाइभजी सेवा प्रारम्भ गर्ने घोषणा गरेका हुन् ।‘यो वर्ष भित्र हामी फाईभजी नेटवर्क काठमाडौँ उपत्यका र देशका केही महानगरपालिकाबाट प्रारम्भ गर्छौं,’ उनले भने । पहिलो चरणमा काठमाडौं उपत्यका र महानगरपालिकाबाट फाइभजी सुरू गर्ने योजना रहेको छ । त्यसपछि विस्तारै अन्य ठाउँमा विस्तार हुनेछ ।