१८ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राशिफल

यस्तो छ हेनुहोस असार ५ गते बुधबारको वैदिक राशिफल

५ असार २०८१, बुधबार ०२:४१

असार ५, काठमाडौँ | आजमिति २०८१ साल असार ५ गते बुधबार तदअनुसार जुन १९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको द्वादशी तिथी, विशाखा नक्षत्र, । सिद्द योग   ।  चन्द्र राशि तुला । यो  शुभ योग हो । 

अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९

• सुर्यास्त: बेलुका ०७: ०३ बजे 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः सेतो

शुभ अंक ः ७

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ । 

शुभ रगं ः निलो

शुभ अंक ः ७

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । 

शुभ रगं ः रातो

शुभ अंक ः ६

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । 

शुभ रगं ः पहेलो

शुभ अंक ः २

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ५

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । 

शुभ रगं ः पहेलो

शुभ अंक ः २

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । 

शुभ रगं ः हरियो

शुभ अंक ः १

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । 

शुभ रगं ः रातो

शुभ अंक ः ९

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ६

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ८

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ४

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतारमा नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था गर्न उपराष्ट्रपतिको आग्रह हवाई इन्धनमा २ रुपैयाँ वृद्धि हुँदा भाडा ९० रुपैयाँसम्म बढ्यो रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ अफगानिस्तानमाथि नेपालकाे १ विकेटकाे राेमाञ्चक जीत एमालेको जग्गा दान मुद्दा: सर्वोच्चले आज पनि हेर्न भ्याएन गोमालाभलाई नहटाउने अड्डी कस्दै सभामुख घिमिरे, सिके राउतलाई पठाए जवाफ मैले गगन दाइको जस्तो गफ हानेको होईन, कृषिमा लाग्ने हो भने कोही खाँडी जानुपर्दैनः ज्ञानबहादुर शाही बीबीसीको १ सय प्रभावशाली महिलाहरुमा नेपालकी आचार्य काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ एनपीएल: चितवन राइनोजको दोस्रो जित, पोखरा एभेन्जर्स ७४ रनमा अलआउट चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सको हरिबिजोग, आठौँ विकेट पतन दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति एमालेलाई ३४ मतले हराउँदै उदयपुरको बेलका-९ मा माओवादीका भरत विजयी चितवन राइनोजबिरुद्ध दबाबमा पोखरा एभेन्जर्स, चौथो ओभरमा ६ विकेट गुम्यो एनपीएल: पोखरा एभेन्जर्सको खराब सुरुवात, पहिलो ओभरमै तीन विकेट गुमायो चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १६२ रनको लक्ष्य प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता चितवनको चौथो विकेट गुम्यो, कप्तान मल्ल ३८ रनमा आउट सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको लागि बाधक: मन्त्री गुरुङ हारपछि विराटनगर कप्तान सन्दीपले भनेः ‘मिडल ओभरमा जसरी खेललाई लैजानुपर्ने हो, त्यो सकिएन’