२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुनसरी जिल्लाबारे संक्षिप्त जानकारी

२ चैत्र २०७२, मंगलवार ०४:५०

नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारत, पूर्वमामोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा सप्तकोशी नदीले सप्तरी जिल्लासित छुट्याएको छ। इनरूवा यहाँको सदरमुकाम हो। १२५७ बर्ग कि.मि. क्षेत्रफल रहेको यस जिल्लामा करिव ७ लाख मानिसको बसोबास रहेको छ। अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो। धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ। सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ। जिल्लामा मुख्यतयाः राई, लिम्बू, बाहुन, क्षेत्री, थारू, सतार आदि जनजातिको बसोबास पाइन्छ।

जिल्लाको नामाकरण

यस जिल्लाको नामाकरण भरौल गाविस क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो। यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरिसंह, जल्पापुर हुँदै भारततर्फ बगेको छ ।

भौगोलिक अवस्था 

  • अक्षांशः २६० २३” उत्तरदेखि २६० ५५” उत्तरसम्म
  • देशान्तरः-८७० ५” पूर्वदेखि ८७० १६” पूर्वसम्म।
  • सिमाना: पूर्व मोरङ जिल्ला, पश्चिम सप्तरी जिल्ला र उदयपुर जिल्ला (कोशी नदी), उत्तर धनकुटा जिल्ला (भेडेटार),र दक्षिण भारतको विहार राज्य पर्दछ।
  • क्षेत्रफल:१,२५७ वर्ग कि.मि.
  • औसत लम्वाई : पूर्वको बुढी नदी देखि पश्चिमको कोशी नदीसम्मको लम्वाई ४४ कि. मि.
  • औसत चौडाई: उत्तरको भेडेटार देखि दक्षिणको बुढीखोलासम्मको चौडाई ४५ कि.मि.
  • भौगोलिक विभाजन: १. उत्तरको पहाडी प्रदेश २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भुमि।
  • स्थानीय निकायः जिल्लामा ४९ वटा गाविस तथा ३ वटा नगरपालिका पर्दछ।

सुनसरी जिल्ला महाभारत पर्वत श्रृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेकोछ। यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ।

प्रमुख नदी ताल तलैयाहरू

यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी, कोकाहा, सुनसरी, बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन्।

प्रमुख धार्मिक क्षेत्र 

बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, विष्णुपादुका चतारा धाम आदी ।

पर्यटकीय क्षेत्र 

चिमडी दह, भेडेटार, ठिंगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ट विज्ञान केन्द्र ।

व्यापारिक महत्वका स्थानहरू 

जिल्लाको प्रमुख व्यापारिक महत्वका स्थानहरूमा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरूवा, दुहवी, खनार झुम्का महेन्द्रनगर हरिनगरा आदि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली