४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डेढ दशकपछि भेटघाटफाँटामा बिजुली बल्यो

२३ कार्तिक २०७७, आईतवार ०८:०५

कार्त्तिक २३, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय बासिन्दाले रातिका बेला टुकीको सहारामा बस्तै आएका आएका थिए । “नजिकैको बस्तीमा विद्युत्को व्यवस्था थियो”, समाजसेवी अर्जुनबहादुर साउदले भन्नुभयो, “पूर्वपश्चिम राजमार्गभन्दा झण्डै २०० मिटर टाढा रहेको बस्तीमा विद्युत् सेवा थिएन ।

नजिकैको बस्तीको उज्यालो हेरेर चित्त बुझाउनुबाहेक अर्को विकल्प थिएन । विद्युत् सेवा विस्तार भएपछि टुकीको सहारामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” निकै वर्षपछिको पहलपछि गाउँमा बिजुली बाल्न सकिएको उहाँले बताउनुभयो । “नजिकै बत्ती बलेको देखिन्थ्यो हाम्रो बस्तीमा विद्युत् नहुँदा बत्तीमुनिको अँध्यारो थियो”, करन चन्दले भन्नुभयो, “बस्तीमा बिजुली पुगेपछि हर्षको कुनै सीमा नै छैन । बस्तीका सबै जना खुशी छन् ।”

धेरै वर्षको पहलपछि जनप्रतिनिधिसँगै राजनीतिक दलका अगुवाहरुको पहलमा विद्युत् सेवा विस्तार भएको उहाँको भनाइ छ । केही परिवारले सौर्य प्यानलको व्यवस्था गरी उज्यालोको व्यवस्था मिलाएका भए पनि आर्थिक अवस्था कमजोर भएका धेरै परिवारले उज्यालोको व्यवस्था गर्न नसक्दा टुकी बाल्दै आएका थिए ।

“टुकीको धुवाँका कारण बस्तीमा श्वासप्रश्वाससम्बन्धी समस्या अधिक रहेको छ”, कुम्भजङ्ग शाहीले भन्नुभयो, “विद्यालय पढ्ने बालबालिकालाई रातिका बेला गृहकार्य गर्न र पढ्न झनै समस्या थियो । विद्युत्को व्यवस्थाले अब टुकीको सहारामा बस्नुपर्ने अवस्था रहेन ।” बस्तीका बासिन्दालाई विद्युत् सेवा विस्तार भएपछि सिँचाइ गरी व्यावसायिक खेती गर्न र घरेलु उद्योग सञ्चालन गरी आयआर्जन गर्नका लागि समेत सहज भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ