४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कालिकिच पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

३० कार्तिक २०७७, आईतवार १४:३२

कात्तिक ३०, कञ्चनपुर । बेल्डाँडी गाउँपालिका २ मा रहेको प्रसिद्ध कालिकिच ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन शुरुआत गरिएको छ । गाउँपालिकाले ती दुवै स्थानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पर्यटकीय स्थल बनाउने प्रक्रिया अघि बढाएको हो । ती स्थान गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिक रहेका छन  ।

गाउँपालिकाले वन मन्त्रालयसित समन्वय र सहकार्य गरी ती स्थानलाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र बनाउन डिपिआर बनाएर अघि बढाएको गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । “कालिकित ताल र किसान मध्यवर्ती सामुदायिक वनलाई पर्यटकीय स्थल बनाउन डिपिरआ बनाएर अघि बढेका छौ” उहाँले भन्नुभयो, “यसका लागि वन मन्त्रालयसंग समन्वय र सहकार्य गरी अघि बढेका छौ ।”उहाँका अनुसार कालिकित ताललाई पर्यटकीय स्थल बनाउन रु ३५ करोड ९० लाखको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ । यसमा ताल वरिपरि बाटो सहित भ्यूटावर, प्रवेशद्वार लगायतका संरचना निर्माणका कार्य समावेश गरिएका छन ।

यसैगरी किसान मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय पूर्वाधार विकासका लागि रु २५ करोडको लागत अनुमान गरिएको छ ।  दुबै क्षेत्रको डिपिआर बनाएर गाउँपालिका बजेट जुटाउन सम्बन्धित मन्त्रालयमा पहल अघि बढाएको अध्यक्ष थापाले बताउनुभयो । “संघीय, प्रदेश सरकार संग पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार र सडकको व्यवस्थाका लागि बजेटको माग गरेका छौं” उहाँले भन्नुभयो, “गाँउपालिकाले समेत यसमा सहकार्य गर्ने गरी बजेट माग गरिएको छ ।”

कालिकिच ताललाई गत वर्ष प्रवेशद्वार शिलान्यास गरी निर्माण अघि बढाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि गत वर्ष भीमदत्त नगरपालिका १९ बागफाँटासम्म पुग्न बेल्डाडँडीमा प्रवेशद्वार बनाउन शुरु गरिएको थियो ।प्रवेशद्वार निर्माण भएपछि कालिकिताल घुम्न पर्यटक आाउने अपेक्षा गरिएको छ । अध्यक्ष थापाले कालिकित तालमा अजिङ्गर, चरा सहित विभिन्न थरीका माछाहरु पाइने बताए । बेल्डाँडी २ मा पर्ने यो ताल ५ किलोमिटर क्षेत्रमा फैलिएको छ ।हिउँदमा साइबेरियन चराहरु समेत आउने भएकाले चरा संरक्षणकर्मीहरु बर्सेनी कालिकिच ताल आउने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ