४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

८ पुष २०७८, बिहीबार ०४:०८

पुस ८, कंचनपुर | पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ । 

नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रु २७ लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । आन्तरिक र बाह्य पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन पर्यटन सूचना केन्द्र, आगन्तुक विश्रामस्थल, गोल घर, फोहर विर्सजनस्थल, पर्यटकीय क्षेत्र देखाउने चिह्न, सिसा घर, पिङ, लव स्टेशन, सुविधा सम्पन्न शौचालय, स्नान घर, सडक क्षेत्रमा नालीलगायत संरचना निर्माणको कार्यलाई अगाडि बढाइएको जागरुक समाजसँग समन्वय गर्दै आउनुभएका भीमराज अवस्थीले बताउनुभयो ।

स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहेको छ । भौतिक पूर्वाधार निर्माणका कार्य पुस मसान्तसम्म पूरा हुने लक्ष्य राखिएको छ । नगरपालिकाको सिमलफाँटा र जुडा क्षेत्रसँगै जोडिएको स्याली नदी छेउको सार्वजनिक जग्गामा पूर्वाधार निर्माणको कार्य भइरहेको वडाध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो ।

“एकान्तमा रम्न चाहनेका लागि यो क्षेत्र गन्तव्यका रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “चुरे क्षेत्रको मनोरम दृश्यावलोकनका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुरफाँटामा संरक्षित कृष्णसार अवलोकनकर्ताका लागि सहज हुनेछ ।” पर्यटकीय गतिविधि बढेसँगै स्थानीयस्तरमै रोजगारीको समेत सिर्जना हुने उहाँले बताउनुभयो ।

पर्यटकीय क्षेत्रमा वडाकै लगानीमा युवालाई अनुदान रकम उपलब्ध गराएर नास्ता पसल सञ्चालनका लागि प्रोत्साहन गरिने उल्लेख गर्दै उहाँले यसका लागिसमेत भौतिक पूर्वाधार निर्माण हुने बताउनुभयो । पर्यटकीय क्षेत्रमै ज्येष्ठ नागरिकका लागि विश्रामस्थलका लागिसमेत कार्य अगाडि बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ