साउन १८, कपिलवस्तु । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, कपिलवस्तु । <"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

साहित्यिक पत्रकार संघको अध्यक्षमा अनुरागी

१८ श्रावण २०७३, मंगलवार १५:५१

साउन १८, कपिलवस्तु । नेपाल साहित्यिक पत्रकार संघको शाखा कपिलवस्तुमा गठन गरिएको छ । जिल्लाका साहित्यनुरागी र क्रियाशिल पत्रकारहरुको वाणगंगा–१० गजेहडामा आज बसेको एक भेलाले सञ्चारकर्मी दिपक अनुरागीको अध्यक्षतामा ९ सदस्यिय तदर्थ समिती गठन गरेको छ ।

जसको उपाध्यक्षमा सन्तोष घिमिरे, सचिवमा सोनुकुमार सुनार, सह सचिवमा उजेली विश्वकर्मा, कोषाध्यक्षमा कमल बेल्वासे र सदस्यहरुमा ओमप्रकाश पौडेल, सन्तोष पंथी, रमा जैसी, सञ्जय चौधरी रहनुभएको संघका अध्यक्ष अनुरागीले जानकारी दिए ।

जिल्लामा हुने हरेक साहित्यिक गतिविधीलाई सञ्चार माध्यममा ल्याउने, नेपाली भाषा साहित्यको जर्गेना गर्ने उद्धेश्यले साहित्यिक पत्रकार संघको शाखा कपिलवस्तुमा पनि गठन गरिएको जनाइएको छ ।

आजै बसेको संघको पहिलो बैठकले आगामी भदौ महिनाको पहिलो हप्ता बैठक बसी महत्वपुर्ण निर्णय गरी सोहि बमोजिमको कार्य अगाडी बढाउने निर्णय गरेको संघले जनाएको छ । करिब ५ बर्ष देखि रेडियो पत्रकारिता हुदै विभिन्न पत्रपत्रिकामा आबद्ध रहेका अध्यक्ष अनुरागी रेडियो बुद्धआवाजमा समाचार सम्पादकको रुपमा रहेका छन् ।   

नवगठीत संघका अध्यक्ष अनुरागीले रेडियो बुद्धआवाजमा समाचार सम्पादक ,कमाण्डर पोष्ट राष्ट्रिय दैनिक, बुद्ध दर्पण राष्ट्रिय दैनिक र बुद्ध बिहानी राष्ट्रिय दैनिक र नेपाल एफ.एम. नेटवर्कमा कपिलवस्तु संवाददताको रुपमा काम गर्दै आएका छन । संघका अन्य पदाधिकारीहरु पनी विभिन्न संचार माध्यमहरुमा कामगर्दै साहित्यिक क्षेत्रमा रुचि राख्ने पत्रकारहरु हुन । केही बर्षमा संघलाई जिल्लामा व्यवस्थित बनाइने अध्यक्ष अनुरागीले दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट