2026-10-18 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुकुन्दराज दाहालको ‘दीपमालिका’ लोकार्पण

काठमाडौं । साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । शिष्टाचार अभियान नेपालले यहाँ आजोजना गरेको कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा पुरुषोत्तम दाहाल, साहित्यकार प्रा माधव भट्टराई र डा शैलेन्दुप्रकाश नेपाललगायत साहित्यकारले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गर्नुभयो ।
सङ्ग्रहमा गद्यात्मक खण्डमा लेखिएका ४६ र पद्यात्मक खण्डमा लेखिएका ६० कविता समावेश छन् । सङ्ग्रहमा समावेश आधिकांश कविता राष्ट्रवादी भएको साहित्यकार तथा पत्रकार दाहालले बताउनुभयो । त्यसैगरी देश र देशवासीप्रतिको सद्भाव मुछिएका कविताले आफ्नो जन्मभूमि, जिल्ला र गाउँप्रतिको प्रेम दर्शाएको उहाँको भनाइ छ । कवितामा पाखापखेरा, गाउँबेंसीप्रतिको मोह, जनमानसप्रतिको बेथिति, नेताप्रतिको वितृष्णा, चाडपर्व, रीतिरिवाज, नेपाली जनमानसको आफ्नो संस्कार, जताततै बढ्दै गएको अराजकतातिरको आक्रोश पनि समावेश गरिएको छ ।
लेखक दाहालले कवि÷साहित्यकारप्रतिको सद्भाव, गरिबप्रति सहानुभूति, राष्ट्र÷राष्ट्रियताप्रतिको झुकाव, देशप्रेमप्रतिको चिन्तन, जन्मभूमि आसपासका भिरपाखाको वर्णन कवितामा गरिएको जानकारी दिनुभयो ।
सङ्ग्रहमाथि टिप्पणी गर्दै डा अम्बिका अर्यालले मानव अधिकारको खोजी, बुद्धत्व हराउँदै गएकामा चिन्ता, गणतन्त्र आए पनि सर्वसाधारणका छोराछोरीको अपहरण, विभत्स हत्या रोकिएका छैनन् भन्ने कुरालाई कविताले जोड दिएको उल्लेख गर्नुभयो ।
लेखक दाहालले भन्नुभयो, “देशमा समानता छैन, बुढापाका आफ्ना सन्तानका पीरले तड्पिरहेका छन्, पुराना सभ्यता र संस्कृति थला परेका छन्, यी र यस्तै विषयलाई कवितामार्फत उजागर गरिएको छ ।”
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु