४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पर्यटकको गन्तव्य बन्दै शंकरपुर ताल

१५ कार्तिक २०७५, बिहीबार १३:५४

माधव बेल्वासे | कात्तिक १५, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तु जिल्लाकै सुदुरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताल व्यवस्थित बन्ने भएको छ । ताललाई पर्यटकको गन्तव्य बनाउन विजयनगर गाउँपालिका र स्थानियहरुले तयारी सुरु गरेका छन । वडा न ४ मा रहेको सो ताल घना जंगलको विच भागमा पर्दछ । 

गाउँपालिका कै पर्यटकिय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल जिल्लाको पश्चिमि क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा वजार वाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको  वुढापाका वताउछन  । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्ने जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानिय ७२ बर्षिय काशिराम पुनले बताए ।

शकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल क्षेत्र घना जंगल संग जोडिएको हदाँ प्रकृतिको विचरण गर्नेहरुका लागी ताल क्षेत्र राम्रो गन्तव्य बनेको छ । चराचुरुंगीको चिरबिर आवज संगै आखाले नभ्याउने गरी भरिएको जलाशयमा आहाराको खोजीमा आउने विभिन्न प्रजातीका चराहरुको हुलले पनि ताललाई मनमोहक बनाएको छ ।

गाउँपालिकाले ताललाई व्यवस्थित बनाउन गुरुयोजना तयार पारेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले वताए ।  योजना अनुसार ताल क्षेत्रमा पर्यटकलाई आर्कषण गर्न तालको चारै तर्फ रिग रोड, विभिन्न खालका मन्दिर, पिकनिक स्थल, बाल उद्यान निर्माण लगायतका कामहरु भइरहेको उनले बताए । तालमा डुंगाको  व्यवस्था गरी तालमा सयर गर्ने व्यवस्था मिलाउने ,पार्क निमार्ण गरि जिल्ला भन्दा वाहिरका र विदेशवाट पनि भम्रणको लागी शंकरपुरताल आउने वातारण मिलाउने उद्देश्यले गुरुयोजना निमार्ण गरिएको अध्यक्ष थापाले वताए ।

गत वर्ष मात्र ४० लाख वजेट विनियोजन गरेर ताल परिसरमा वाउण्ड्रि सडक,नहर व्यवस्थापन, ताल पुग्ने सडक कालोपत्रे लगाएत अन्य काम सम्पन्न भइसकेको वडा अध्यक्ष तिलक कडेलले वताए ।  यस ताललाई पर्यटकिय स्थल वनाउने उद्देश्यले काम भइरहेको छ अव तालमा वोरिग निमार्ण,ताल व्यवस्थापन लगाएतका काम हुन्छ । कडेलले भने–  “गाउँपालिका कै पहिचानका रुपमा रहेको ताललाई हामी व्यवस्थित र संरक्षण गर्दै छौं , ताल क्षेत्रमा पर्यटक भित्राउन सकियो भने ताल नजिक रहेका बस्ती त्रिपालनगर,ज्योतिनगर र भू.पू. गाउँका नागरिकको जिवीको पार्जन सहज हुनसक्छ” ।

 ताल क्षेत्रको संरक्षण र यसको व्यवस्थापन का लागि यस आर्थिक बर्षको बजेटमा १५ लाख विनियोजन भएको कडेलले बताए । ताल क्षेत्रमा हाल तालको किनारा मिलाउने , पानीको संभाव्यता अध्ययन गर्ने नजिकैको सुरही खोलाबाट पानी लिप्ट गर्ने जस्ता योजना रहेको उनले जानकारी दिए ।   पूर्वपश्चिम राजमार्गबाट करिब ५ कि.मी.पश्चिममा रहेको ताल क्षेत्र वरिपरि मगर जनजातीको बाहुल्यता रहेको बस्ती छ । ताललाई व्यवस्थित बनाउने र सोही गाउँमा होम स्टे संचालन गर्न सकिने भने ताल राम्रो आय स्रोत बन्ने स्थानीय अग्नी सापकोटाले बताए । “ताल संरक्षण संगै यसको प्रचार प्रचार गर्न सकियो भने पर्यटकहरुको लागी राम्रो गन्तव्य शंकरपुर ताल बन्न सक्छ” उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ