४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पत्रकारको सुझाव “पर्यटनलाई प्राथमिकता दिनुस ”

१७ जेष्ठ २०७६, शुक्रबार १६:३५

माधव बेल्वासे | जेठ १७, कपिलवस्तु | पत्रकारहरुले शिवराज नगरपालिकामा रहेको पर्यटकिय स्थलहरुलाई प्राथमिकता दिनु सुझाव दिएका छन । शिवराज नगरपालिका वडा न ३ ले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकाहरुले यस्तो सुझाव दिएका हुन । शिवराज नगरपालिका भित्र शिवगढी र सोनवागढ जस्ता ऐतिहासिक स्थलहरु रहेको भन्दै यि स्थलहरुलाई संरक्षण गर्न स्थानिय सरकारले प्राथमिकतामा राख्नुपर्ने वताएका हुन

सामुदायिक रेडियो प्रसारक संघ अकोराव प्रदेश न.५ का उपाध्यक्ष राजु खरालले शिवराज नगरपालिका वडा न.३ मा रहेको सोनवागढ मन्दिरले नगरको पहिचान कायम गर्न सक्ने वताएका छन ।  यसै वडामा पर्ने उक्त गढलाई पर्यटकहरुले गन्तव्य बनाउन गुरुयोजना निमार्ण गर्नुपर्ने तर्क राखे ।

पर्यटनलाई विकास तथा समृद्ध वडा नगर बनाउन संचार माध्यमहरुको अहम भुमीका हुने भएकाले संचार माध्यमलाई प्रयोग गर्नुपर्ने वताए । स्थानिय नागरिकको पहुचमा रहेको सामुदायिक रेडियोहरुले यस क्षेत्रको विकासको लागी काम गर्नुपर्ने जोड दिदै वडा तथा नगर सग सहकार्य आवश्यक रहेको जनाए ।


नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले वडाले गरेका काम कर्तव्य संचार माध्यम सम्म पर्याउन सुझाव दिए । “सके मासिक नभए त्रैमासिक भएपनि पत्रकाहरुले विकासका काम र योजनाको वारेमा जानकारी दिन आवश्यक छ” खड्काले भने  । शिक्षा,स्वास्थ्य,कृषिलाई विशेष जोड  दिन समेत खड्काले सुझाव दिए । 

कार्यक्रमलाई शिवराज नगरपालिका वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटाले निर्वाचित भएपछि वडाले गरेको विकासे कामहरुको वारेमा जानकारी दिएका छन । थारु समुदायिको वाहुल्यता रहेको वडामा विभिन्न सिपमुलक तथा रोजगारी सिजर्नाको लागी काम गरेको जनाए । वडालाई समृद्ध बनाउन सुझाव आवश्यक रहेको सापकोटाले वताए । पत्रकारहरुले अन्य ठाउँमा पनि अवलोकन गरेका हुदा अन्य ठाउँको योजनाहरु यस वडामा ल्याउन सुझाव दिनुपर्ने वताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ