वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि रिसाए मनाङे

Posted on: 02 Sep, 2024

भदौ १७, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) असन्तुष्ट बनेका छन् ।

सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यविभाजन गर्दा मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट वन मन्त्रालयको जिम्मा दिएका थिए ।


नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका थिए । त्यसपछि कसैसँग नबोली निस्किए । निस्कने बेला उनले `यस्तो मन्त्रालय जुनियरलाई´ दिने हो भनेका थिए ।

उनी पदभार ग्रहण गर्न गएका छैनन् । उनले राजीनामा दिने बताएका छन् । अहिले मनाङे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न मुख्यमन्त्री कार्यालय पुगेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!