४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि लागू हुने गरी देशभर बढ्यो दूधको मूल्य

२ चैत्र २०७९, बिहीबार ०६:१७

चैत २, काठमाडौं | सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो ।

संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको राससलाई जानकारी दिनुभयो ।

यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम रु ६५ कायम गरिएको उहाँले बताउनुभयो ।

मन्त्रिपरिगाद्को निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डिडिसीले जनाएको छ । निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाडौँ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको  संस्थानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की