पर्यटनलाई उच्च प्राथमिकता दिँदै बजेट बढाइयो

Posted on: 29 May, 2023

जेठ १५, काठमाडौँ | सरकारले पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै  पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।

पर्यटन क्षेत्रका लागि चालु आवमा रु नौ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि करिब अढाई अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!