४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसरी पाइन्छ लाभांश ?

२९ भाद्र २०८०, शुक्रबार ०८:४९

भदौ २९, काठमाडौँ | हालसम्म ४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेका हुन् ।

माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश वितरणका लागि ‘बुक क्लोज’को मिति असोज ८ गतेलाई तोकेको छ । अर्थात् असोज ७ गतेसम्म सेयर होल्ड गर्नेहरु मात्रै लाभांशका लागि योग्य हुनेछन् ।

त्यस्तै एभरेस्ट बैंकले १० प्रतिशत सेयर बोनस र १०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । हालै सानिमा बैंकले ९ प्रतिशत सेयर बोनस र ५.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । एनआईसी एसिया बैंकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकको बुक क्लोज मिति भने तय भइसकेको छैन ।

कसरी पाइन्छ लाभांश ?

सञ्चालक समितिले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भइसकेपछि मात्रै लगानीकर्ताले पाउँछन् । नगद लाभांश आफ्नो बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउँछन् । साधारणसभा हुनुभन्दा अघि नै कम्पनीले सार्वजनिक सूचनामार्फत बुक क्लोजको मिति सार्वजनिक गर्छन् । ‘बुक क्लोज’भन्दा अघिल्लो दिनसम्म सेयर खरिद वा होल्ड गरेकालाई लाभांश दिइन्छ । बैंक तथा वित्तीय संस्थाको हकमा नियामक राष्ट्र बैंकले पनि लाभांश वितरणका लागि स्वीकृति दिनुपर्दछ ।

सेयर बोनसले लगानीकर्ताको सेयर संख्या थपिन्छ । उदाहरणको रुपमा, कुनै कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद र ५ प्रतिशत सेयर बोनस गरी १५ प्रतिशत लाभांश घोषणा गरेको खण्डमा, १ सय कित्ता सेयर हुने लगानीकर्ताले सो कम्पनीबाट १ हजार नगद [१०० (सेयर संख्या) × १०० (अंकित मूल्य) × १० प्रतिशत)] र ५ कित्ता थप सेयर (१०० कित्ताको ५ प्रतिशत) पाउँछन् । सेयर बोनसपछि कम्पनीको सेयर मूल्य पनि सो अनुरुप समायोजन हुन जान्छ । अर्थात थपिएको सेयर संख्याको अनुपातमा 'बुक क्लोज'पछि मूल्य घटाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा