४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा एक वर्षमा बढ्यो ३७ अर्ब वैदेशिक लगानी

११ आश्विन २०८०, बिहीबार ०५:५५

असोज ११, काठमाडौँ | आर्थिक वर्ष २०७८/७९ मा नेपालमा करिब ३७ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणअनुसार हाल नेपालमा दुई खर्ब ६४ अर्ब ३२ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा भएको यस्तो लगानी दुई खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ९८ अर्ब ५२ करोड रहेको थियो।

पछिल्ला चार वर्षमा अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी बढेकोमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३७ अर्ब बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा नेपालमा यस्तो लगानी एक खर्ब ८२ अर्ब ९१ करोड रहेको थियो। यो आप्रवाह भएर बढेको रकम मात्रै नभई बढेको नाफा र बढेको मूल्यको कारण देखिएको लगानी हो।

सर्वेक्षणअनुसार नेपालमा भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड लगानी रहेको छ। त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता