४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आईओसीबाट डिजेलपेट्रोलको मूल्य घटेर आए किन घटाएन निगमले ?

५ मंसिर २०८०, मंगलवार ०५:५०

मङ्सिर ५, काठमाडौँ | इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन। डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपैयाँ घाटा भएको भन्दै निगमले मूल्य नघटाएको हो।

मूल्य घटेर आउँदा निगमलाई डिजेलमा ३४ करोड रुपैयाँ नाफा भए पनि ग्यासमा ३४ करोड नै घाटा रहेकाले मूल्य समायोजन नगरेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक बिरेन्द्र गोईतले बताए। डिजेलको मूल्य घटेर आएकाले घटाउनु पर्ने उपभोक्ताको माग रहेको छ। आईओसीबाट हरेक १५–१५ दिनमा नयाँ मूल्य आउँछ। त्यसका आधारमा मूल्य निर्धारण हुन्छ। निगमलाई आईओसीबाट प्राप्त मूल्यमा २३ करोड नाफा रहेको छ।

सरकारलाई ऋण तिर्न बाँकी रहेकाले घाटा पूर्ति गर्न मूल्य समायोजन नगरेको निगमका नायब कार्यकारी निर्देशक गोइतले बताए। निगमका अनुसार सरकारलाई ७० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ। स्वचालित मूल्य प्रणाली अनुसार निगमले गत महिना ग्यासको मूल्य सिलिन्डरमै २ सय १५ रुपियाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ, पेट्रोलमा २ रुपैयाँ र हवाई इन्धनमा ८ रुपियाँ बढाएपछि चौतर्फी आलोचना भएसँगै मूल्य वृद्धि फिर्ता लिएको थियो।

सरकारले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिए पछि स्वचालित मूल्य प्रणाली रोकिएको थियो। अहिले झापा चारआली, विराटनगर, जनकपुर, बारा अमलेखगन्ज, भैरहवा भलबारी, नेपालगन्ज, धनगढी, वीरगन्जमा पेट्रोल लिटरको १ सय ६९ रुपैयाँ ५० पैसा, डिजेल लिटरको १ सय ६५ रुपैयाँ ५० पैसा रहेको छ।

त्यसैगरी सुर्खेत र दाङमा पेट्रोल लिटरको १ सय ७१ रुपैयाँ, डिजेलको १ सय ६७ रुपैयाँ, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल लिटरको १ सय ७२, डिजेलको १ सय ६८ रुपैयाँ रहेको छ। यो मूल्य यथावत् रहेको निगमले जनाएको छ।

आइओसीबाट मूल्य घटेर आएकाले निगमले मूल्य घटाउन सक्ने भन्दै पेट्रोल पम्प सञ्चाकलले कम तेल उठाएका छन्। यसले गर्दा बजारमा तेलको आंशिक अभाव देखिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा