४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातार किन बढिरहेको छ सुनको मूल्य?

१७ मंसिर २०८०, आईतवार ०८:१७

मङ्सिर १७, काठमाडौँ | कात्तिक ३० गते नेपाली बजारमा प्रतितोला एकलाख १३ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य दोस्रो दिन मंसिर १ गते एकाएक दुई हजार तीन सय बढेर एकलाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसयता लगातार सुनको मूल्य लगातार उकालो लागेर दिनहुँ नयाँ रेकर्ड कायम गर्दै चुलिइरहेको छ। आजसम्म आइपुग्दा छापावाल सुनको मूल्य एकलाख २० हजार ८०० पुगिसकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एकलाख २० हजार २०० सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन्। ‘सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारकै प्रभाव हुन्छ। हामीले यहाँबाट केही गर्दैनौँ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले भने, ‘अहिले ह्वात्तै बढ्नुको एक मात्र कारण त इजरायल–हमास युद्ध हो।’

महासङ्घकै महासचिव धर्मसुन्दर बज्राचार्य पनि शाक्यको धारणासँग सहमत छन्। ‘अहिले इजरायल–हमास युद्धकै प्रभावले मूल्य बढेको हो,’ उनले भने,‘अर्कोतर्फ विश्व बजारमा बढ्दै गएको आर्थिक मन्दीले पनि सुनको अन्तर्राष्ट्रिय मूल्यमा प्रभाव पारिरहेको छ।’ बज्राचार्यले बजारमा मन्दी चलिरहँदा लगानीकर्ताहरूले व्यवसायी लगानीमा, सेयर बजारमा लगानी गर्न नचाहेर सुनमा लगानी गर्न थालिरहेका छन्। ‘सुन तुलनात्मक रुपमा सुरक्षित र विश्वभर सर्वस्वीकार्य सम्पत्तिको रुपमा रहेकाले धेरैले सुन किनेर राख्न थालेको बताइन्छ। यसरी एकै पटक सुनको माग बढेपछि पनि सुन महँगिएको हो,’ बज्राचार्यले भने।

नेपाली बजारमा सुनको मूल्यश्रृंखला उछाल मार्न थालेको कोभिड–१९ को महामारी देखि नै हो। २०७६ सालको साउनमा प्रतितोला ६८ हजार रुपैयाँको हाराहारीमा सुनको कारोबार भइरहेको थियो। त्यसपछि कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अहिले आएर हमास–इजरायल युद्धको प्रभावले चार वर्षमै सुनको मूल्य दोब्बर भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल