४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना

१९ जेष्ठ २०८०, शुक्रबार ०३:२७

जेठ १९, काठमाडौँ । भारतले आगामी १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेसँगै नेपालको विद्युत बजार सुनिश्चित बन्ने सम्भावना देखिएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार यो सहमति भएको हो। दाहाल चार दिने भ्रमणमा अहिले भारतमा छन्।

विद्युत बजार सुनिश्चित बनेसँगै लगानीकर्ता तथा निजी क्षेत्रमा थप उत्साह देखिएको छ। यो सहमतिले नेपाललाई दक्षिण एसियाकै क्षेत्रीय पावर हब बनाउने अवधारणा पूरा हुने भन्दै सरोकारवालाले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो अवसर पाएपछि नेपालले थप विद्युत उत्पादनका लागि आयोजनाहरुको पीपीए अगाडि बढाउनुपर्ने देखिन्छ।

अहिलेसम्म नेपालमा उत्पादन भएको बिजुलीले बजार पाउन नसक्ने हो कि भन्ने चिन्ता थियो। तर, अब भारतले नेपालमा उत्पादित बिजुली खरिद गर्ने सम्झौता गरेपछि विद्युत बजारले सुनिश्चितता पाउने देखिएको हो। नेपालमा भारतीय लगानीमा अरुण तेस्रो तल्लो अरुण र अब फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण हुनेछन् ।

भारतीय बजारसँग जोडिन नेपालमा अन्तरदेशीय प्रसारणलाइन पनि तयार भइरहेको छ। विद्युत निर्यातका लागि प्रसारणलाइनको विकासले मद्दत पुग्नेछ। हाल नेपालले ढल्केबर(मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट विद्युत कारोबार गरिरहेको छ।

चार अन्य प्रसारणलाइन विकासको कार्य अघि बढाइएको छ। यी प्रसारणलाइनबाट २ हजार मेगावाट विद्युत कारोबार गर्न सकिनेछ। सन् २०२८ सम्ममा नयाँ बुटवल-गोरखपुर, इनरुवा-पूर्णिया अनि लम्की बरेली प्रसारणलाइन पनि ४०० केभी बनाउने योजना छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष गणेश कार्कीले विहीवार भएको सम्झौताले अब विद्युतीय बजार सुनिश्चित भएको भन्दै यसले निजी क्षेत्रलाई लगानी गर्न उत्साह थपिने बताए । 

- यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ