अफगानिस्तान र पाकिस्तानमा भूकम्पमा परी कम्तीमा ११ जनाको मृत्यु, सयौँ घाइते

Posted on: 22 Mar, 2023

चैत ८, काबुल | अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा ११ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा दुई र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । 

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ ।  भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । 

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!