४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाले डिभी खुलाएजस्तै जुलाईदेखि अष्ट्रेलियाले पनि डिभी लट्री खुलाउँदै

१३ चैत्र २०७९, सोमबार ०७:३३

चैत १३, काठमाडौँ (एजेन्सी) । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकामा प्रयोग हुने “ग्रीन कार्ड” प्रणाली जस्तै गर्ने गरि नयाँ कानून अन्तर्गत प्रत्येक वर्ष तीन हजार विदेशी कामदारहरूलाई स्वदेशमा ल्याउन लट्री निकाल्ने भएको  छ ।

दशकौंदेखिको भिसा नीतिबाट बाहिर आएर अष्ट्रेलियाले प्यासिफिकका देशका मानिसहरूका लागि यो योजना खोल्ने योजना बनाएको छ । अष्ट्रेलियाले खोल्ने डिभी लट्री आवेदन परेकाहरु मध्येबाट छनौट हुने बताइएको छ । जसले अमेरिकामा झैँ स्थाई बस्न र काम गर्न सक्नेछन् ।

छनौट भएकाहरुले प्रक्रियामा जान दुई चरण पार गर्नुपर्ने छ । जसमा पहिलो चरणमा अष्ट्रेलियामा रोजगारको प्रस्ताव गर्न सक्ने र उनीहरू आउनुअघि उनीहरूको स्वास्थ्य, चरित्र र आधारभूत अंग्रेजी सीपहरू जाँच गर्न परीक्षणहरू पूरा गर्न आवश्यक पर्ने छ । अमेरिकाको डिभी आवेदकहरुको हकमा उमेर हद नलागे पनि अष्ट्रेलियाले भने डिभी लट्रीमा १८ देखि ४५ वर्षको उमेर हद लगाएको छ । 

अन्तर्राष्ट्रिय विकास र प्यासिफिक मन्त्री प्याट कोनरोयले प्यासेफिक क्षेत्रसँग बलियो सम्बन्ध भएका देशहरुमा सम्बन्ध निर्माण गर्ने वाचाका साथ बिहीबार संघीय संसदमा मस्यौदा कानून पेश गरिने बताएका छन्। यो योजना जुलाईमा सुरु हुने गरि अर्को हप्ता प्यासिफिक टापु फोरमको अगाडि क्षेत्रीय नेताहरूसँग छलफल हुँदैछ ।, जहाँ विदेश मन्त्री पेनी वोंगले यस क्षेत्रमा चीनको प्रभावको बारेमा उच्च संवेदनशीलताको समयमा प्रधानमन्त्री एन्थोनी अल्बानीजको प्रतिनिधित्व गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ