४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

काठमाडौँका मेयर बालेन शाह ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा परे

२८ भाद्र २०८०, बिहीबार ०३:४०

भदौ २८, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह' बालेन' विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा परेका छन् । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूची सार्वजनिक गर्दा त्यसमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि समावेश भएका हुन् ।


म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेक्स्ट’ सार्वजनिक गरेको हो । स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो । जसमा बालेन शाहको बारेमा लेख्दै टाइम म्यागजिनले बालेन कसरी मेयर बने भन्ने उल्लेख गरेको छ । साथै कसरी चर्चामा आए  भन्ने कुरा पनि उल्लेख छ । 

 वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न सार्वजनिक थालेको हो ।  

द न्युयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल समेत प्रकाशित गरेको थियो । टाइम म्यागजिनले शाहले पालिका चुनावमा हासिल गरेको अप्रत्याशित जितको चर्चा आफ्नो लेखमा गरेको छ । ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको म्यागजिनमा उल्लेख छ ।

सामाजिक संजालको उच्चतम प्रयोगको कारण स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले दिग्गज राजनीतिज्ञहरूमाथि विजय हासिल गरेको म्यागजिनमा उल्लेख छ । बालेन शाहको चर्चा गर्दै म्यागजिनले लेखेको छ 'मेयर भएर आएपछि शाहले ल्यान्डफिल साइटहरू प्रयोग गर्न अधिकारीहरूसँग सम्झौताहरूमा हस्ताक्षर गरेका छन् साथै फोहोरहरू छुट्ट्याउने र विसर्जन गर्ने योजनाहरू घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ