४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रोनाल्डोलाई प्रश्न- तपाईं आफ्ना सबै च्याम्पियन्स लिग उपाधि विश्वकपसँग साट्नुहुन्छ?

१ आश्विन २०८०, सोमबार ०८:०८

एजेन्सी | पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफूले जितेका पाँच यूइएफए च्याम्पियन्स लिगको उपाधिसँग विश्वकप उपाधि नसाट्ने बताएका छन् । 

बाइनान्स डटकमसँगको कुराकानीमा रोनाल्डोलाई विभिन्न प्रश्नहरू गरियो । उनलाई हो र होइनमा उत्तर दिन भनिएको थियो । वास्तवमा उनीमाथि झुट पत्ता लगाउने मेसिन ‘लाई डिटेक्टर’ प्रयोग गर्दै प्रश्न गरिएको थियो ।

यस्तोमा उनलाई तपाईं आफ्ना सबै च्याम्पियन्स लिग उपाधि विश्वकपसँग साट्नुहुन्छ भनेर प्रश्न गरिँदा उनले साट्दिनँ भनेर उत्तर दिएका थिए । झुट पत्ता लगाउने मेसिनले रोनाल्डोले सही उत्तर दिएको संकेत गरेको थियो ।

यस्तोमा रोनाल्डोको आलोचना पनि भइरहेको छ । उनले च्याम्पियन्स लिगको स्थानमा विश्वकपलाई नै रोज्नुपर्ने उनका समर्थकले टिप्पणी गरिरहेका छन् ।

यसअघि अर्का स्टार फुटबलर लियोनल मेस्सीले सन् २०१६ मा विश्वकप उपाधिका लागि आफ्नो सबै व्यक्तिगत उपाधि त्याग्न आफू तयार भएको अभिव्यक्ति दिएका थिए । मेस्सीले यतिबेला विश्वकपसँगै फुटबलमा पाउनुपर्ने सबै उपाधि पाइसकेका छन् । रोनाल्डोले भने विश्वकप मात्र जित्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ