४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यी हुन् पछिल्लो एक वर्षमा सर्वाधिक कमाउने खेलाडी: पहिलोमा रोनाल्डो, दोस्रोमा मेस्सी

२ आश्विन २०८०, मंगलवार ०९:३५

असोज २, न्यूयोर्क | फोर्ब्सले पछिल्लो १२ महिनामा सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको सूचीअनुसार पहिलो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् ।

हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन अमेरिकी डलर कमाएका छन् ।

यो कर र एजेन्ट फीसहितको रकम हो । उनले तलब र बोनसबापत ४६ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ९० मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले उल्लेख गरेको छ । रोनाल्डो यो सूचीमा सन् २०१७ पछि पहिलो पटक र समग्रमा तेस्रोपटक पहिलो स्थानमा पुगेका हुन् । कुनै पनि फुटबल खेलाडीले विगतमा एक वर्षभित्र यति धेरै रकम नकमाएको पनि उल्लेख गरिएको छ ।


विगतमा टेनिसका रोजर फेडेरर, गल्फका टाइगर उड्स र बक्सिङका कनर म्याकग्रेगरले मात्र योभन्दा बढी रकम कमाएको पनि फोर्ब्सले जनाएको छ ।

सामाजिक सञ्जाल, क्रिप्टोकरेन्सीलगायतका कारण मैदान बाहिर रोनाल्डोको आम्दानी, मैदानबाट हुनेभन्दा करिब दोब्बर रहेको दाबी गरिएको छ ।

अर्जेन्टिनाका लियोनल मेस्सी १३० मिलियन अमेरिकी डलरसहित दोस्रोमा छन् । उनले तलब र बोनसबापत ६५ मिलियन र प्रायोजनलगायत अन्य माध्यमबाट ६६ मिलियन अमेरिकी डलर कमाएको उल्लेख गरिएको छ ।

१२० मिलियन अमेरिकी डलरसहित अर्का फुटबलर केलियन एमबाप्पे तेस्रोमा छन् । उनले तलब र बोनसबापत १०० मिलियन र अन्य माध्यमबाट २० मिलियन अमेरिकी डलर आम्दानी गरेका हुन् ।

बास्केटबलका लेब्रोन जेम्स ११९.५ मिलियन अमेरिकी डलर कमाइसहित चौथोमा छन् । बक्सिङका कानेलो अल्भाराजले ११० मिलियन, गल्फका डस्टिन जनसनले १०७ मिलियन, फिल मिकेलसनले १०६ मिलियन, बास्केटबलका स्टेफन करीले १००.४ मिलियन, टेनिसका रोजर फेडेररले ९५.१ मिलियन र बास्केटबलका केभिन डुरान्टले ८९.१ मिलियन अमेरिकी डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ