४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अजरबैजानमा तेल भण्डार विष्फोट हुँदा २० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

९ आश्विन २०८०, मंगलवार ११:०८

असोज ९, एजेन्सी | अजरबैजानको नागोर्नो-काराबाखमा रहेको एउटा तेल भण्डारमा विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । अर्मेनियाका स्थानीय अधिकारीहरूले यस विस्फोटमा सयौं व्यक्ति घाइते भएको बताएका छन् । झण्डै ३०० जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये दर्जनौँको अवस्था अझै चिन्ताजनक रहेको छ ।

यस घटनाको केही समयअघि आर्मेनियाली सरकारले नागोर्नो-काराबाखबाट १३ हजार ३५० शरणार्थी आफ्नो देशमा प्रवेश गरेको बताएको थियो। बहुसंख्यक आर्मेनियाली मूलका करिब १२०,००० मानिसहरू विवादित क्षेत्र नागोर्नो काराबाखमा बस्छन्। 

सोमबार साँझ स्टेपानाकर्ट सहरमा भएको विष्फोटको वास्तविक कारण के थियो भन्ने अझै खुल्न सकेको छैन । ‘इन्धन डिपोमा भएको विस्फोटमा घाइते हुनेको संख्या २०० भन्दा बढी छ,‘ मानव अधिकार ओम्बड्सम्यान गेगाम स्टेप्यानले सोशल मिडिया प्लेटफर्म एक्समा लेखे।

मंगलबार स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित व्यक्तिको शव फेला परेको र अन्य सात जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन् ।

गत हप्ता अजरबैजानले नागोर्नो-काराबाखलाई कब्जा गरेपछि येरेभानमा आर्मेनियाली सरकारले युद्धका कारण घरबारविहीन भएका मानिसहरूलाई बसोबास गर्ने योजना बनाएको थियो। त्यसपछि हजारौँ मानिसले उक्त क्षेत्र छोडेका छन् । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले नागोर्नो काराबाखमा ‘जातीय नरसंहार’ भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ