४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

१० आश्विन २०८०, बुधबार ०९:२२

असोज १०, वासिङ्टन | अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ ।

राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औँ घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ ।

कमाण्डर बाइडेन परिवारका दुई जर्मन शेफर्डमध्ये कान्छो हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई उनको हात र तिघ्रामा टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 

सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार सोमबार साँझ बर्दिलगाएका गुप्तचर सेवाका एक जना कर्मचारीलाई कमाण्डरले टोकेको हो । 

गत जुलाईमा ह्वाइट हाउसका अधिकारीहरूले कर्मचारीहरूमाथि  निरन्तर हमला हुन थालेपछि कमाण्डरलाई नियन्त्रण गर्ने तालिम र प्रविधिको  खोजि भइरहेको बताएका थिए । 

यसैबीच, कुकुरको टोकाइबाट पीडित ती अधिकारीले सिक्रेट सर्भिस डिभिजन प्रमुख अल्फोन्सो एम डायसनलाई  आफ्नो स्वास्थ्यस्थिति प्रतिकूल नरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ