४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग

११ आश्विन २०८०, बिहीबार ११:४३

असोज ११, बेइजिङ | चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो । 

करिब तीन महिनापछि उनी स्वीडेनका कूटनीतिज्ञको सहयोगमा उत्तर कोरियाली सीमा हुँदै चीन पुगेका थिए । उनलाई बुधबार अमेरिकी राजदूत र एक वरिष्ठ सैन्य अधिकारीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि उनी अमेरिकी सैन्य अखडामा पुगेका छन् ।

अमेरिका–चीन सहकार्यको दुर्लभ उदाहरण दिँदै बेइजिङले बिहीबार सहयोगको प्रस्ताव गरेको पुष्टि गरेको हो । “उत्तर कोरिया र अमेरिकी पक्षको अनुरोधमा चीनले मानवीय दृष्टिकोणबाट आवश्यक सहयोग गरेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार ‘किङको रिहाईका लागि पारवहन सहजीकरण गर्न चीनले गरेको सहयोगका लागि’ धन्यवाद दिएका छन् । लामो समयदेखि चीन उत्तर कोरियाको सन्धि सहयोगी र मुख्य आर्थिक हितैषी हो ।

तर चीनले किङकोे रिहाईका लागि उत्तर कोरियासँग मध्यस्थता नगरेको र संयुक्त राज्य अमेरिकाले प्योङयाङसँग युद्ध बन्दीको ‘पूर्ण समाप्ति’ भएको ठहर नगरेको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ