४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

४ मंसिर २०८०, सोमबार ०७:३२

मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो ।

इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने चिन्ताबीच गएको चार हप्तायता तेलको भाउ ओरालो लागेको थियो । सोमबारको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ७ प्रतिशतले घटेर प्रतिब्यारेल ८१ डलर १८ सेन्टमा आएको थियो ।

यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार मध्यान्ह १२ः १० बजेदेखि ब्रेन्टको भाउ प्रतिब्यारेल शून्य दशमलव ९२ प्रतिशतले बढेर ८१ डलर २९ सेन्टमा उक्लिएको छ । सोही समयमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि शून्य दशमलव ९१ प्रतिशतले बढेर ब्यारेलकै ७६ डलर ७४ सेन्टमा पुगेको थियो ।

ओपेक प्लसले नोभेम्बर २६ मा बस्ने आफ्नो बैठकमा तेलको उत्पादनमा अतिरिक्त कटौती गर्ने कि नगर्ने  भन्नेबारे विचार गर्न लागेको समूह सम्बद्ध स्रोतले बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।  शुक्रबारको कारोबारमा दुबै बेञ्चामार्कको भाउ ४ प्रतिशतभन्दा धेरैले बढेको थियो ।

सेप्टेम्बर अन्तिमयता ब्रेन्ट र डब्ल्यूटीआई दुबैको भाउ झन्डै २० प्रतिशतले घटेको छ । रुसले भारतमा सोकोल क्रुड पठाएको तीन ओटा जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि रुसको कच्चा तेल आपूर्ति अवरुद्ध हुने हो कि भनेर लगानीकर्ताहरुले हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ