१० साउन गठेमंगलका दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

१० साउन गठेमंगलका दि"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ठेचोको १२ वर्षे नवदुर्गा भवानी देवी नाच सुरू, भोजभतेर, विवाह, व्रतबन्ध निषेध

२८ श्रावण २०७९, शनिबार ०७:२०

साउन २८, ललितपुर | गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानी देवी नाच सुरू भएको छ । १२ वर्षमा एक पटक मनाइने नाच करिब वर्षभरि नै चल्छ ।


१० साउन गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा/नाच प्रारम्भ भएको मानिन्छ । जात्राको क्रममा मन्दिरमा ताल्चा १२ वर्षे एक पटक मात्र लगाइन्छ । अन्य वर्षहरूमा तीन सय ६५ दिनै खुल्ला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यही ९ भदाै जुगचह्रे तिथिमा पूजाआजा गरी खोलिन्छ ।
जात्रा सुरू भएसँगै ठेचो बस्तीमा भोजभतेर, विवाह, व्रतबन्ध निषेध हुन्छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिँडडुल गर्न, सिट्टी, ताली, घण्टा बजाउन पाइदैन । नवदुर्गा गुठीको बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखः नामक नाच सम्पन्न नभएसम्म लागु हुन्छ । धुःखः नाच फागुन चैततिर हुन्छ । 
नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठियार छन् । परम्पराअनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ । देवगणहरुको तान्त्रिक र यान्त्रिकतवरबाट छुट्टाछुट्टै नृत्य गर्नेगर्छ । इन्द्रायणी देवीको भने नृत्य गराइदैन । श्वेतभैरव १२ वर्षमा एक पटक मात्र नृत्य गराइन्छ । प्राय: श्वेतभैरव नाच दसै पछिसाईत हेरी नचाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता