कमल रावल | कात्तिक १२, अछाम | अछाम गजल मञ्चको दोस्रो साधारण नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विहिवार नेकपा एमाले पार्टी कार्यालय अछामको सभाहलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | कात्तिक १२, अछाम | अछाम गजल मञ्चको दोस्रो साधारण नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विहिवार नेकपा एमाले पार्टी कार्यालय अछामको सभाहलमा "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तारा पाण्डेको अध्यक्षतामा ९ सदस्यिय अछाम गजल मंचको जिल्ला कमिटी चयन

१२ कार्तिक २०७३, शुक्रबार ०६:४३


कमल रावल | कात्तिक १२, अछाम | अछाम गजल मञ्चको दोस्रो साधारण नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विहिवार नेकपा एमाले पार्टी कार्यालय अछामको सभाहलमा भएको बन्दसत्रले तारा पाण्डेको अध्यक्षतामा ९ सदस्यिय नयाँ कमिटी चयन गरेको हो । 

जसमा उपाध्यक्ष धनराज साउद, सचिव जिवन सरोबर, सहसचिव लक्ष्मण संगम, कोषाध्यक्ष रुक्मणी शर्मा, सदस्य सुशिल भण्डारी, पुजा रावल, पुष्प सञ्जयाल, उपेन्द्र भावुक लगाएतका सदस्य रहेका छन । अध्यक्ष हिमाल उदासीको अध्यक्षतामा भएको साधारण सभामा वरिष्ठ साहित्यकार हर्षप्रसाद भट्ट प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा अछाम साहित्य प्रतिष्ठानका उपाध्यक्ष बिष्णु खड्का, सचिव टेकराज भण्डारी, सुदूरपश्चिम गजल मंचका सदस्य मनोज बिवस साउद, पत्रकार महाँसंघ अछामका सचिव शिवराज ढुंगाना, जिल्ला युवा संजाल अछामका अध्यक्ष होम साउद, पूर्व अध्यक्ष मदनकुमार भुल, खप्तड न्यूजका प्रकाशक पुष्प भट्ट, सोसाईटी एफएमका स्टेसन म्याँनेजर बिष्णुप्रसाद भण्डारी, गजलकार पूर्ण शिसिर साउद, कमलराज केसी लगायतका अतिथी रहनु भएको थियो । 

कार्यक्रममा बोल्ने सबै अतिथीहरुले अछाममा पछिल्लो समय साहित्यको विकासले तिब्र रुप लिएको र त्यसमा पनि गजलले निकै फड्को मारेको बताएका थिए । अछामी साहित्यलाई पछिल्लो पुस्ताका युवा सर्जकहरुले शसक्त रुपमा माथि उठाएको उनिहरुको भनाई थियो । कार्यक्रममा गजलकारहरु तारा प्रसाद पाण्डे, धनराज साउद, जीवन सरोवर, धु्रवा तिमिल्सीना, कृष्ण बिरही जलन, रुक्मीणि शर्मा, पुजा रावल, भिम सरोवर, मिन बाब्ली मिलन, राम अविरल लगायतका दर्जन बढी श्रष्टाहरुले रचनावाचन गरेका थिए । अछाम गजल मंचका उपाध्यक्ष झनक अधिकारीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिव कमल भण्डारी संघर्षले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता