आस्थाको फूल नफल्दै झर्यो पीडाको पातमा
संझेर अतित टोलाइ रहें अधेरी रातमा
चाहन्थे भेट्न मनको मूर्ति मन्दिर खुलेन "/>
आस्थाको फूल नफल्दै झर्यो पीडाको पातमा
संझेर अतित टोलाइ रहें अधेरी रातमा
चाहन्थे भेट्न मनको मूर्ति मन्दिर खुलेन "/>
आस्थाको फूल नफल्दै झर्यो पीडाको पातमा
संझेर अतित टोलाइ रहें अधेरी रातमा
चाहन्थे भेट्न मनको मूर्ति मन्दिर खुलेन
रोएर लाखौं बिन्ति बिसाएँ तस्वीर बोलेन
निभेर गयो आशाको दीयो मुटुको माझमा
श्रद्धाको फूल चढाउने गर्थे हरेक साँझमा
असह्य मर्म सहेर बाँचे पाएको घातमा
संझेर अतित टोलाइ रहें ….
स्वीकारि रहें आखाको आसु उपहार मानेर
पुकारी रहें मनेको मुर्ति देवता ठानेर
विछोडको बेला जल्दछ मन पीडाको ज्वालाले
ननिभ्दो रैछ निभाउन खोज्दा आसुको प्यालाले
उसैको आवाज सुने झैं लाग्यो हरेक बातमा
संझेर अतित टोलाई रहें ….
कविता उपाध्याय, रोल्पा