सुजता श्रेष्ठ,ओखलढुंगा 

महिला हिंसा भन्ने वित्तीकै आमा, दिदी, बहिनी अझ सामान्य शब्दमा भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

        सुजता श्रेष्ठ,ओखलढुंगा 

महिला हिंसा भन्ने वित्तीकै आमा, दिदी, बहिनी अझ सामान्य शब्दमा भन्"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

छोरा पाए खसी र छोरी पाए फर्सी खोज्दा देखि नै सुरुहुन्छ महिला हिँसा

२०७३, ८ मंसिर बुधबार ०१:५१

        सुजता श्रेष्ठ,ओखलढुंगा 

महिला हिंसा भन्ने वित्तीकै आमा, दिदी, बहिनी अझ सामान्य शब्दमा भन्दा महिला माथी हुने हिंसालाई बुझ्न सकिन्छ । नेपाली समाजमा महिला माथी हुने हिंसा बारेमा छलफल, अध्ययन,अनुसन्धान हुन थालेका छन् । सञ्चारमाध्यम र महिला तथा आमा समुहका विभिन्न फोरमहरुमा पछिल्लो समय महिला हिंसाका बारेमा आवाजहरु उठ्न थालेसँगै घरभित्र हुने घरेलु हिंसा देखि अन्य सामाजिक हिंसा समेत बाहिर आउन थालेका छन् । 

पछिल्लो समय प्रहरी सहितका न्यायिक निकायको तथ्याङकले पनि महिला माथी हुने हिंसाको दर क्रमश बढ्दै गएको पाईन्छ । प्रहरीमा आउने उजुरी र महिला तथा बालबालिका तथा सम्बद्ध निकायमा आउने गुनासाहरुले पनि महिला हिंसा बढेको देखिन्छ तर हिंसा बढेको हो या त हिंसा पीडित महिलाहरुले न्यायका लागि आवाज उठाउन थालेका हुन् यो एउटा विश्लेषण गर्नुपर्ने बेला आएको छ । 

धेरैले भन्ने गर्छ महिलाहरुमा चेतनाकोे विकास भएसँगै न्यायका लागि लड्न थालेका हुन् र कमैले भन्छन् समाजमा हिंसा नै बढेको हो, तर मलाई लाग्छ समाजमा हिंसा बढेको भन्दा पनि चेतनाको विकास भएसँगै न्यायका लागि महिलाहरु सक्षम हुँदै गएका हुन् । 

महिला लाइ परिवार भित्र कुटपिट गर्ने याताना दिने देखि गाली गर्ने झपार्ने आदि पनि महिला हिंसा नै हुन् । सानै उमेरमा वा मन नपरेको मानिस सग जवरजस्त विवाह  गरिदिने कार्यले पनि महिला हिंसाको दर बढाएको छ । अझ जीवनभर साथ दिने कसम खाएका जीवनसाथीले दिने अस्वभाविक पीडाले थप महिलामा हिनता बोध सिर्जना हुन्छ,त्यो पनि महिला हिंसा नै हो । 

यस्ता क्रियाकलापले सिधै महिलाको मानसिक तथा शारीरिक स्वास्थ मा असर पर्दछ । अझ बलात्कार जन्य हिँसा र बोक्सिका नाम मा मलमुत्र समेत खुवाएर दिइने यातानाले महिलाको शारीरिक,मानसिक र स्वस्थ्य सँगै सामाजिक जीवनमा प्रत्यक्ष असर पार्दछ । अन्तत समाजको विभेद र यातना खप्न नसक्दा सयौँ दिदी बहिनीहरुले गलत बाटो पनि रोज्न बाध्य हुने    गरेका थुप्रै उदाहरणहरु हामि सँग छन् । 

सानै उमेरमा विवाह गरिदिँदा शारीरिक रुपमा परिपक्क नभै बच्चा जन्माउने हुनाले एकदमै नराम्रो असर पर्न जान्छ । कतिपय यूवतीेहरु सान्र उमेरमा विवाहगरेकै कारण शिक्षा बाट बञ्चित हुने गरेका छन् । श्रीमानलाई रिझाउने देखि छोराछोरीको हेरचाह र घर को सम्पुर्ण काम बुहारीले गर्नु पर्छ भन्ने परम्परागत सोचका कारण उनिहरुमा पाठेघर खस्ने सहितका जटिल रोगको सिकार बन्न बाध्य हुने गरेका छन् । सामान्य अर्थमा भन्दा महिलाहरु महिला भएकै कारण कुनै पनि उमेर समूहका महिलहरु सुरक्षित हुन सकेका छैनन् हाम्रो समाज मा ।

गरिबी,अशिक्षा,परम्परागत एवम् पितृसत्तात्मक सोचले गर्दा आज पनि हाम्रो समाजमा  छोरी प्रति गरिने व्यवहार फरक हुन सकेको छैन  । छोरा नपाकै कारण जती छोरी भएपनि सन्तान जन्माई रहन पर्ने कतिपयको बाध्यता छ । छोरा पाए खसी छोरी पाए फर्सी जस्ता शब्दले पनि समाजमा हिंसा बढाईरहेको छ । 

समाजमा हिंसा व्याप्त छ,जसको असरले महिला हरु खुलेर हिंड्न नसक्नु खुलेर बोल्न नसक्नु ,साथै आफ्नो निर्णय आफै गर्न नसक्नु र आत्मनिर्भर बन्न सकिरहेका छैनन् । हाम्रो देशमा संसारकै उत्कृष्ट कानुन त छ तर कार्यान्वयन फितलो हुँदा न्याय खोज्ने महिलाहरु पनि थप अन्यायमा पर्न बाध्य छन् । अत : महिला हिंसाका कुरा जती गरेपनि कमै हुन्छन् । त्यसैले सभ्य समाजको निर्माणका लागि अनि समाजमा व्याप्त हिंसा निराकरणका लागि सबैले आ आफ्ना घरमा भएका महिलाहरुलाई कोहि कसैले महिलाले महिलालाई वा पुरुषले महिलालाई हिंसा नपारौँ,विभेदमा नपारा,त्यती भए पुग्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा