आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ

प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ ।

माथि हेर्दा सगरमाथा तल लिखु खोला

बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ

प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ ।

माथि हेर्दा सगरमाथा तल लिखु खोला

बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।।

६ माघ २०८२, सोमबार
काठमाडौँ - KTM

कविता: खिजिदेम्बा गाउँ

५ असार २०७४, सोमबार ०३:०२

आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ

प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ ।

माथि हेर्दा सगरमाथा तल लिखु खोला

बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।।


हेर्दा मनै लोभ्याउने खिजि फलाटे बजार

थोलेडाँडाको डिलबाट लगाउँला नजर ।

आफ्नै गाउँको खोलाबाट बिजुली बलेको

खिजिदेम्बामा खेतिपाती नामै छ चलेको ।।


बारी भरि सुन्तला छन् पहेँलै पाकेको

हेर्न मन लागेको छ मायाले चाखेको ।

मह भिरमा माहुरीको घार झुलेको छ

बनै भरि लालीगुराँस फूल फुलेको छ ।।


दुग्देश्वर मन्दिर जाउँला दर्शन गरौंला

मनोरम दृश्य हेर्दै ओराली झरौंला ।

चम्पादेबि साक्षी राखि पिरति गासौंला

झ्याउरे र पन्चेबाजा तालैमा नाचौँला ।।


रगनि, तोपडाँडा, चप्लेटि,धारापानी

घुमौला नि सँग सँगै मेरी दिलकी रानी ।

सुन जस्तै धान फल्ने बेसिफाँट हेरौला

पोकली झरना घुम्दै मायाले बेरौला ।।


टापू गाउँको चौतारीमा चिसो हावा खाउँला

चखेवाको जोडी जस्तै बनेर रमाउँला ।

 

बेद प्रसाद घिमिरे 
खिजिदेम्बा गाउँपालिका वडा न -२

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या