Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

९ भाद्र २०७४, शुक्रबार १२:२०




भदौ ९,काठमाडौँ । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ । 

लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो । 

सो अवसरमा स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्यभन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्पादन गरेको‘आजका लघुकथा’मा तेह्र लघुकथाकारका पैँसट्ठी लघुकथा समाविष्ट छन् । लघुकथा समाजले प्रकाशन गरेको उक्त लघकथासंग्रहमा राजनीति, प्रेम, यौन, भ्रष्टाचार, शोषण, अन्याय, अत्याचार, विसंगति आदि विषयलाई विषय बनाइएको संयोजक बजगाईँले जानकारी दिनुभयो । 

तीजमा ‘मध्यधार’को चर्चा 

बेलायतमा रहेर साधनारत कथाकार सञ्जु बजगाईँको कथासंग्रह ‘मध्यधार’को परिचर्चा गरिएको छ । तीजका अवसरमा बुधबार लन्डनको एजवेयरमा लाभेन्डर बुक क्लबद्वारा उक्त पुस्तकको चर्चा गरिएको थियो । कथासंग्रह दोभान प्रकाशनद्वारा प्रकाशन गरिएको हो । 

सो अवसरमा समीक्षक सिलवालले बजगाईँका कथामा प्रवासी जीवनको यथार्थको प्रतिबिम्ब पाइने बताउनुभयो । कथामा नारी संवेगको मार्मिक चित्रण पाइए पनि कथाको धरातल फरक किसिमको भएकाले बजगाईँका कथामा भिन्नै स्वाद भएको सिलवालले बताउनुभयो । 

कथाकार बजगाईँले नारीका समस्या र परिवर्तित विशेषतालाई आफूले कथामा प्रस्तुत गरेको बताउनुभयो । कथाकारले आफूले देखेभोगेकै यथार्थको कलात्मक अभिव्यक्ति भएको स्पष्ट गर्नुभयो । 

बुक क्लबका संयोजक राजेश्वरी घिमिरेले बजगाईँको लेखन प्रवासमा रहेका नेपाली महिलाका लागि प्रेरणादायी बन्ने बताउनुभयो । कार्यक्रममा रञ्जु थापालगायतले कथा संग्रहमाथि आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । 

यसअघि ‘समुद्र र सपना’ कथासंग्रह प्रकाश गरिसकेकी बजगाईँको यो दोस्रो कथासंग्रह हो । संग्रहमा डायस्पोरिक विषयवस्तुका साथमा नारी संवेगात्मक, सामाजिक, पारिवारिक एवम् मनोवैज्ञानिक विषयवस्तुका गरी पन्ध्र कथा समेटिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली