२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न भावना र परिवेश रङमा ‘समाहित’ हुँदा

२०७४, ११ भाद्र आईतवार ०९:१९

श्याम रिमाल। भदौ ११,काठमाडौँ। रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले 

कला पारखीहरुलाई आफूतिर आकर्षण गर्न खोज्नुभएको छ । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उहाँले चटक्कै छाडिसक्नुभएको भने छैन । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको घरका झ्याल–ढोकामा बुट्टा भरेको सम्झने लिम्बूमा कलाको सीपको हस्तान्तरण त्यति नै बेलादेखि भएको हुनुपर्छ । 

बीस वर्षदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी लिम्बू आफू पनि परिपक्वतातिर उन्मुख भइरहनुभएको छ । यसै मेसोमा उहाँ आजदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा उहाँ ‘समाहित’ शीर्षकमा अमूर्त कलाहरुको पोको लिएर आउनुभएको छ । 

काम गर्दै जाँदा उहाँ पहिले आफ्ना चिन्तनका सामग्रीहरु तयार गर्नुहुन्छ जुन अक्षर र खेस्रा चित्र दुवै हुन्छन् । कुन कुन रङ कहाँ कहाँ राख्ने, कसरी कलात्मक बनाउने जस्ता चिन्तन र मनभित्रका अन्तद्र्वन्द्व जस्ता विषय उहाँ कागजमा लेख्दै खेस्रा चित्र बनाउँदै जानुहुन्छ । तिनै प्राथमिक विचारलाई अक्षर र कलालाई खेस्राका रुपमा कोरिएका सामग्री पनि उहाँले जम्मा गर्नुभएको छ र प्रदर्शनी कक्षको ढोकैनिर राख्नुभएको छ । 

सानामा ५ इन्च × ८ इन्चदेखि ठूलामा १० फिट × ६ फिटसम्मका ती चित्रहरु स्वस्तिक चिह्नका रुपमा देखिन्छन् जुन मान्द्रामा एक चोया अर्कामा जेलिएका जस्ता देखिन्छन् । त्यसलाई लिम्बू विचार वा भावना तथा परिवेश एक अर्कामा ‘समाहित’ भएको बताउनुहुन्छ । एकले अर्कालाई चिन्न दुई जनाको भावना अर्कामा अन्तरघुलन वा समाहित हुनैपर्छ”, उहाँ भन्नुहुन्छ, “ शिव र पार्वती जब अर्धनारीश्वर हुनुमा यही टु इन वन सिद्धान्तले काम गरेको छ ।” रङमा काम गर्दै जाँदा विचारहरु आइरहने र विस्तारै अमूर्ततामा जाने गरेको उहाँ बताउनुहुन्छ । त्यस्तै एउटा रङ अर्कामा प्रवेश गर्ने, एक परिवेशबाट अर्कामा जाने तथा दृश्यात्मकताबाट आवरणहीनतामा जाने काम स्वाभाविक रुपमा हुन्छ । 

‘सहज स्वीकार’, ‘स्वीकार’ र ‘समाहित’ शीर्षकका ती चित्रको मूल्य रु दुई हजार ५०० देखि रु तीन लाख २५ हजारसम्म छ । चित्रहरु कागजमा तैल रङमा बनाइएका छन् । हरियो, पहेँलो, कालो, सेतो, रातो, खरानी सबै रङमा काम गर्नुभएका लिम्बूले एक विचार वा परिवेश अर्काबाट फरक गराउन विरोधी रङहरुको प्रयोग गर्नुभएको छ । खरानी रङ चाहिँ साधुत्वको प्रतीक भएको उहाँको मान्यता छ । चित्रकारले ठूलो मात्र होइन सानो चित्र पनि बनाउन जान्नुपर्छ भन्ने धारणा उहाँको छ । “चित्रकारले सूक्ष्मतातिर पनि तरङ्गित हुन जान्नुपर्छ” उहाँले भन्नुभयो । सानामा अझ जीवन्तता पाइने उहाँको अनुभूति र अनुभव छ । साना चित्रहरु कोसेलीका रुपमा कसैलाई दिन सकिने उहाँ बताउनुहुन्छ । 

एउटा चित्र बनाउन उहाँलाई करिब तीन घण्टा लागेको छ र पूरा रङ सुक्न १५ दिन लाग्छ । हिन्दूधर्म, बौद्धदर्शन र ‘महाभारत’ तथा खप्तड स्वामी, जे कृष्णमूर्ति र ओशोका विचार विशेष अध्ययन गर्न मन पराउने ४२ वर्षीय लिम्बू देवकोटाको ‘कला र जीवन’ भन्ने लेखबाट निकै प्रभावित हुनुभएको छ । डिपी भण्डारीका लेख पनि उहाँ त्यत्तिकै मन पराउनुहुन्छ । “मलाई कलामा अघि बढ्न दर्शनको अध्ययनबाट निकै मद्दत मिलेको छ”, कलामा स्नातकोत्तर लिम्बूले भन्नुभयो । प्रदर्शनी यही भदौ १८ गतेसम्म चल्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा