२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक किसानले मौषमका कारण लगातार २ बर्षसम्म अन्न फलाउन नसकेपछि… (धार्मिक कथा)

२०७६, ४ बैशाख बुधबार १०:२१

धार्मिक/कथा । कुनै एक गाउँमा एक किसान बस्दथे । एकदिन उनले लगाएको सबै अन्नबाली बाढीले बगाईदियो । अर्को बर्ष ति किसानले फेरी अन्नबाली लगाए, तर त्यो बर्ष पानीनै परेन । लगातार दुई बर्षसम्म आफूले लगाएको अन्नबाली सफल नभएपछी ति किसान भगवानसँग रिसाए र भगवानलाई गाली गर्न थाले ।

ति किसानले आफूलाई गाली गर्दै गरेको सुनेर भगवान प्रकट भए । भगवानले किसानलाई जे इच्छा छ वरदान स्वरूप माग्न भने । किसानले भने कि- 'मात्र एक बर्ष मलाई मौका दिनुहोस्, जस्तो मौषम म चाहन्छु, त्यस्तै होस् । त्यसपछि तपाइँ हेर्नुहोस् कि म कसरी अन्नको भन्डार भर्नेछु ।' भगवानले उनले मागे अनुसारको वरदान दिए ।

ति किसानले गहुँको बाली लगाए । त्यस बर्ष ति किसानले जस्तो मौसम चाहे त्यस्तै भयो । समयसँगै उनको अन्नबाली हुर्कियो र ति किसान निकै खुसि भए । किनकी यस्तो अन्नबाली पहिले कहिल्लै सप्रिएको थिएन । किसानले सोचे अब भगवानलाई थाहा हुनेछ कि फल कसरी लाग्छ, बेकारमा हामी किसानलाई यत्रो बर्षसम्म तनाव झेल्नु पर्यो ।

अब अन्नबाली काट्ने बेला पनि भयो, किसान निकै खुसि भएर खेतमा गए, तर जब उनले गहुँ काट्न खोजे तब उनले थाहा पाए कि बालीमा गहुँको दानानै थिएन । यो देखेर किसान निकै दु:खी बने र भगवानलाई भने- 'भगवान ! तपाइले यस्तो किन गर्नुभयो ?'

भगवान प्रकट भए र भने – 'यो त हुनुनै थियो, तिमीले अन्नबालीलाई संघर्ष गर्ने अलिकति पनि मौका दिएनौ । जे बालीलाई चाहिएको थियो त्यसै अनुरुप सबै कुरा पुरा गरिदियौ । यसैले सबै बिरुवा फोस्रा बने । जब आंधी र तेज बर्षा हुन्छ तब बिरुवाले परिस्थिति अनुसार आफैले आफैलाई बचाउने संघर्ष गर्छ, जसको कारण उसको भित्र छुट्टै ऊर्जाको संचार हुन्छ । त्यसैको उर्जाको प्रभावले अन्न उत्पादन हुन्छ । तर तिमीले त्यसो हुन दिएनौ । यो बिरुवाले कुनै संघर्ष नै गर्नु परेन जसको कारण कुनै फल नै लागेन । 

भगवानको कुरा सुनेर किसानलाई आफ्नो गल्ति महशुस भयो । 

जीवनमा कयौ पटक यस्ता समय पनि आउँछ जब हामी बिबिध कारणले हताश हुन पुग्छौं तब भगवानलाई त्यसको दोष दिन्छौं । यदी हामीलाई जीवनमा कुनै तनावनै भएन भने र सबै जे हामीले चाहेको हो त्यहि भयो भने हामीलाई संघर्षको महत्व नै थाहा हुँदैन । चुनौती नहुने हो भने हामी पनि माथि किसानको फल जस्तै फुस्रो हुन्छौं । संघर्षले जीवनमा धेरै कुरा सिकाउँछ । यदी हामी आफ्नो जीवनमा अगाडी बढ्न चाहन्छौं भने हामीले कयौं विपरीत परिस्थितिको सामना गर्नुपर्छ । जीवनमा आउने बिभिन्न परिस्थितिसँग जुध्न नसक्ने हो भने जीवनमा अगाडी बढ्न असम्भव जस्तै हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन