११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दीपिका र रणवीरले राखे छोरीको नाम

१९ कार्तिक २०८१, सोमबार १४:२४

काठमाडौँ | बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नी छोरीको नाम ‘दुआ पादुकोण सिंह’ राखेका छन्। दीपिका र रणवीरले इन्स्टाग्राममार्फत् परिवारको तस्बिर साझा गर्दै छोरीको नाम सार्वजनिक गरेका हुन्। तस्बिरमा दीपिका, रणवीर, र उनीहरूको छोरी सबै रातो पहिरनमा देखिएका छन्।

दीपिकाले छोरीको नाम राख्नुको कारण पनि खुलासा गरेकी छन्। उनका अनुसार, छोरीको आगमन उनीहरूको प्रार्थनाको नतिजा हो, र प्रार्थनालाई अरबी भाषामा ‘दुआ’ भनिन्छ। यही कारणले उनले आफ्नी छोरीको नाम ‘दुआ’ राखेकी हुन्।

दीपिकाले गत ८ सेप्टेम्बरमा छोरीलाई जन्म दिएकी थिइन्। दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए र उनीहरूको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो।

यो जोडीले ‘रामलीला’ बाहेक ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ जस्ता चर्चित फिल्महरूमा सँगै काम गरेका छन्। रणवीरको फिल्म ‘सर्कस’ मा पनि दीपिकाले क्यामियो गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु