१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

एनआरएनए एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बैठक सम्पन्न (भिडियो)

४ मंसिर २०८१, मंगलवार १९:५१

काठमाडौँ । गैर आवासीय नेपाली संघ ‘एनआरएनए’ को एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बालुवाटार स्थित नेपाल हाउसमा बैठक सम्पन्न भएको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार एनआरएनएको एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष शेष घलेलाई बद्री केसी पक्षले असहयोगको नीति लिएपछि एनआरएनको बालुवाटार स्थित कार्यालयमा मंगलबार दिउसो आफ्नै कार्यालयमा बैठक बस्न सकेन । एनआरएनको कार्यालयमा बैठक बस्न नपाएपछि पूर्वअध्यक्ष घलेले बालुवाटार स्थित नेपाल हाउसमा बैठक राखेका थिए । दुईघण्टा चलेको उक्त बैठकपछि बिभिन्न तीन निर्णय लिईएको पुर्व अध्यक्ष घलेले जानकारी दिएका छन् ।

बालुवाटारस्थित कार्यालयबाट एकपक्षीय गतिविधि गर्दै आएको केसी पक्षले पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि कार्यालय बन्द गरेर बूढानीलकण्ठस्थित एक रिसोर्टमा पुगेको बताइएको छ । पुर्व अध्यक्ष घलेलाई असहयोग गर्ने नीतिअनुसार केसी पक्षले एनआरएनको केन्द्रिय कार्यालयमा ताला लगाएर गएको बुझिएको छ ।

झण्डै तीन वर्षयता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो । परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउने उदेश्यले पुर्व अध्यक्ष घलेले पहिलो बैठक आफ्नै कार्यालयमा राख्न लाग्दा केसी पक्षले कार्यालयनै बन्द गरेर असहयोग गरेको हो । हाल एनआरएनए बिभिन्न तीन पक्षमा टुक्रिएको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु