२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

२९ चैत्र २०८१, शुक्रबार १४:५१

काठमाडौँ | निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी सङ्घ पाल्पाले निर्माण क्षेत्रमा कार्यरत ५५० श्रमिकको शिविरमार्फत स्वास्थ्य परीक्षण गरेको हो । निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गराउन पाउँदा श्रमिक उत्साहित भएका थिए । स्वास्थ्य उपचार गराउन आउनुभएका रामबहादुर गहाले भन्नुभयो, “कामको व्यस्तता र पैसा नहुँदा स्वास्थ्य जाँच गर्न अस्पताल जान नसकेका बेला निर्माणकर्मी सङ्घले शिविरमार्फत स्वास्थ्य जाँच गर्ने अवसर दिएकामा खुसी लागेको छ ।” आफ्नो स्वास्थ्यप्रति हामी आफैँले लापरबाही गर्दै आएका रहेछौैँ भन्ने महसुस भएको उहाँको भनाइ छ ।

उहाँले श्रमिकहरूको स्वास्थ्य उपचार राज्यले निःशुल्क गर्ने व्यवस्था गर्न सके हामी जस्ताले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य हुनेसमेत बताउनुभयो । उहाँ जस्तै धेरै श्रमिक स्वास्थ्य परीक्षण गराउन पाउँदा खुसी देखिन्थे । दैनिक श्रममा व्यस्त हुँदा श्रमिकहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र स्वास्थ्य अवस्था जटिल भइसकेपछि मात्र अस्पताल पुग्ने अवस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले शिविरमार्फत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको सङ्घका अध्यक्ष सुरेश कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश श्रमिक चेतनाको अभावका कारण रोग पालेर बस्ने गरेका छन्, जब जटिल अवस्था सिर्जना हुन्छ तब मात्र उनीहरु अस्पताल दौडिन्छन्, जसले गर्दा उनीहरु जोखिममा छन् भन्ने लागेर चेतनासँगै स्वास्थ्य परीक्षणको अभियान चलाएका हौँ ।” अध्यक्ष कर्माचार्यले निर्माण क्षेत्रमा काम गर्ने धेरै जसो श्रमिकमा कुनै न कुनै समस्या रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश श्रमिकमा आफूलाई उच्च रक्तचाप, मधुमेह भएको समेत थाहा छैन, तर जाँच गर्दा उक्त समस्या देखिने गरेको छ, यस्तो अवस्थाको अन्त्य गर्न हामीले सचेतनासँगै स्वास्थ्य परीक्षण गरिदिएका हौँ ।” निर्माण क्षेत्रमा काम गर्ने सबै श्रमिकको घर ठाउँमै पुगेर स्वास्थ्य जाँच, औषधि वितरणसँगै आवश्यक परामर्श दिने गरेको अध्यक्ष कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अब ६÷६ महिनामा स्वास्थ्य परीक्षण गरिने र अहिले परीक्षण गराई औषधि सेवन गर्नेको बेला–बेलामा ‘फलोअफ’ गर्छौं ।”

स्वास्थ्यकर्मीसहितको टोलीले ठाउँ–ठाउँमा पुगेर स्वास्थ्य जाँच गरेका हुन् । उनीहरुले स्वास्थ्य जाँचपछि आवश्यक औषधि र परामर्शसमेत दिएका छन् । जाँच गर्दा अधिकांश श्रमिकमा नसर्ने रोग बढी देखिएको युनाइटेड मिसन अस्पतालका डाइबेटिज काउन्सिलर दीपक बिसीले बताउनुभयो । उहाँका अनुसार परीक्षण गरेकामध्ये ५० प्रतिशतमा उच्च रक्तचाप र ३० प्रतिशतमा मधुमेह देखिएको छ ।

अन्य श्रमिकहरुमा ढाड दुख्ने, गोडा दुख्ने, कम्मर दुख्ने, छालासम्बन्धी समस्या देखिएको काउन्सिलर बिसीले बताउनुभयो । अधिकांश श्रमिकले अल्कोहल बढी सेवन गर्नेमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी देखिएको उहाँको भनाइ छ । बिसीले भन्नुभयो, “हामीले जाँच गरेर आवश्यक औषधि दिने गरेका छौँ, त्यति मात्र होइन उहाँहरुलाई अल्कोहल नखान र खाएमा हुनसक्ने जोखिमका बारेमा परामर्श दिने गरेका छौँ ।”

सङ्घमा आबद्ध भएका सबै श्रमिकको घर, टोल र कार्यस्थलमै पुगेर स्वास्थ्य परीक्षण गरिएको सङ्घका उपाध्यक्ष नीलकण्ठ देवकोटाले बताउनुभयो । साँझ बिहानको जोहो गर्न मुस्किल पर्ने श्रमिकलाई निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिल्ने सङ्घका सचिव हुमराज बस्यालले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “धेरैलाई आफूलाई मधुमेह, उच्च रक्तचाप छ भन्नेसम्म हेक्का रहेन छ, जाँच गरेपछि मात्र उहाँले आफूहरुमा समस्या रहेको थाहा पाउनुभयो, यसले कम्तीमा पनि जोखिमबाट बच्न सतर्क बनाउनुभयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो