२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक

१० बैशाख २०८२, बुधबार २१:१५

कोलम्बो । विश्व बैंकका अनुसार सबैभन्दा खराब आर्थिक सङ्कटबाट अर्थतन्त्रले ‘उल्लेखनीय सुधार’ गरेको भए पनि श्रीलङ्काको करिब एक चौथाइ जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् ।

दक्षिण एसियाली यस मुलुकको वृद्धिले बैंकको चार दशमलव चार प्रतिशतको पूर्वानुमानलाई पार गर्दै सन् २०२४ मा पाँच प्रतिशत दर्ता गरेको छ । यो सन् २०२२ को सङ्कट पछि पहिलो आर्थिक विस्तार हो ।

“अर्थतन्त्र सुधार हुँदै जाँदा धेरै श्रीलङ्कालीहरू अझै पनि सङ्घर्ष गरिरहेका छन्… सन् २०२४ मा गरिबीको दर २४ दशमलव पाँच प्रतिशतमा खतरनाक रूपमा उच्च रहेको छ”, बैंकले मुलुकको पछिल्लो अपडेटमा भन्यो, “श्रम बजारले निरन्तर सङ्घर्ष गरिरहेको छ, जसले गर्दा मानिसहरूले विदेशमा अवसरहरू खोज्दा आप्रवासन बढेको छ । घरको आम्दानी, रोजगारी र समग्र कल्याण सङ्कटपूर्वको स्तरभन्दा निकै तल रहेको छ ।”

बैंकले तलब अझै सन् २०१९ को स्तरमा पुग्न बाँकी रहेको बताएको छ । त्यसबेलादेखि दैनिक तीन दशमलव ६५ डलरभन्दा कम कमाउनेहरूद्वारा मापन गरिएको गरिबी दोब्बर भएको छ ।

आंशिक रूपमा अमेरिकी भन्सार दरमा तीव्र वृद्धिबाट उत्पन्न विश्वव्यापी व्यापार अनिश्चितताका कारण सन् २०२५ मा तीन दशमलव पाँच प्रतिशतको वृद्धि मध्यम हुने बैंकले अनुमान गरेको छ ।

खाद्यान्न, इन्धन र औषधि जस्ता आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलङ्काले सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न असफल भएको थियो ।

आवश्यक वस्तुहरूको तीव्र अभावका कारण महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेलाई अपदस्थ गरेको थियो ।

उहाँका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट दुई अर्ब ९० करोड चार वर्षे राहत ऋण सुरक्षित गर्नुभयो, अनुदानहरू कटौती गर्नुभयो र अर्थव्यवस्थालाई स्थिर पार्न करहरू बढाउनुभयो ।

आइएमएफले यस महिनाको सुरुमा अमेरिकी भन्सार शुल्कहरू पुनःस्थापित भएमा श्रीलङ्काको पुनरुत्थान कमजोर हुन सक्ने चेतावनी दिएको थियो ।

संयुक्त राज्य अमेरिका श्रीलङ्काको सबैभन्दा ठूलो एकल बजार हो, जसले १२ अर्बको व्यापारिक निर्यातको लगभग एक चौथाइ ओगटेको छ । व्यापार सन्तुलन यो सानो दक्षिण एसियाली राष्ट्रको पक्षमा छ ।

वासिङ्टनले ९० दिनका लागि स्थगित गर्नुअघि यस टापु राष्ट्रमा ४४ प्रतिशत ‘पारस्परिक भन्सार शुल्क’ लगाएको थियो ।

श्रीलङ्काले कुनै प्रतिक्रिया दिएको छैन तर यसको सट्टा वासिङ्टनसँग वार्ताका लागि अपिल गरेको छ ।

सेप्टेम्बरमा सत्तामा आउनुभएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको नेतृत्वमा रहेको वामपन्थी प्रशासनले आफ्ना पूर्ववर्तीको धेरै मितव्ययिता उपायहरू कायम राखेको छ र वासिङ्टनसँग वार्ता रणनीति बनाउन सबै पक्षलाई मिलेर काम गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने