२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा नरसंहार अन्त्य गर्न राष्ट्रसङ्घीय विज्ञहरूको आह्वान

२०८२, २५ बैशाख बिहीबार १७:२३

संयुक्त राष्ट्रसङ्घसँगका विज्ञहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको ‘विनाश’ रोक्ने कार्य गर्न विश्वभरका सदस्य देशहरूलाई आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्का विज्ञहरूले नरसंहार अन्त्य गरी प्यालेस्टिनी र इजरायली स्वतन्त्रताको सुनिश्चित गर्न कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

उनीहरूले कठोर निर्णयबाट पछि हटी निर्दोषको हत्या नगरी न्यायपूर्ण समाधानको तयारीमा लाग्न आवाह्न गर्दै विवेक र नैतिकतालाई आत्मसाथ गरे अन्ततः न्याय प्राप्त हुने बताएका छन् ।

प्यालेस्टिनी क्षेत्रहरूमा मानव अधिकारको अवस्थाका बारेमा विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिजलगायतका विज्ञहरूले चिन्ता व्यक्त गर्दै यो भयाभह दृश्य ‘विश्वले हेरिरहेको’ र सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गरी मानवता विरुद्धको अपराध रोक्न सहयोग गर्ने अपेक्षा गर्नुभएको छ ।

निरन्तरको नरसंहारले इजरायलले गाजामा अनेकौ आक्रमणमा बाँचेका मानिसहरुलाई विस्थापन र दण्डहीनताको साथ नरसंहार गरी जीवनको विनाश जारी राखेको विज्ञहरूले उल्लेख गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि बिहिबारसम्म गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ हजार ६५३ पुग्नुका साथै एक लाख १८ हजार ८९७ घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार