२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद्

२८ बैशाख २०८२, आईतवार १७:४८

भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडान दोहोर्‍याउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरमा मध्यस्थताको प्रस्ताव गरेको विषयमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सचदेवले भन्नुभयो, “हाम्रो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका छैन।”

“अमेरिका एक महाशक्ति हो र अमेरिकासँग भारतको राम्रो र रणनीतिक सम्बन्ध छ”, सचदेवले भन्नुभयो, “उहाँ (राष्ट्रपति ट्रम्प) शान्ति प्रवद्र्धक बन्न चाहनु्हुन्छ ।”

अमेरिकाले युक्रेन र गाजासँग मध्यस्थताको प्रस्ताव गरिरहेका थुप्रै उदाहरणमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो, “यी अझै पनि शान्ति प्रक्रियामा पुग्न सकेका छैनन् ।”

सचदेवले भन्नुभयो, “उहाँले युक्रेनसँग खेलिरहनुभएको छ, जुन अझै पनि शान्ति ढाँचामा पुगेको छैन । गाजामा पनि शान्ति स्थापना हुन सकेको छैन ।”

ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले अमेरिकाले मध्यस्थतामा शान्ति स्थापना गर्न सहयोग गरेको र काश्मिरको समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको दाबीलाई निरन्तरता दिनुभएको छ ।

भारतीय परराष्ट्रमामिलाविद् सचदेवले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले तपाईंलाई यो ऐतिहासिक र वीरतापूर्ण निर्णयमा पुग्न मद्दत गर्न सक्षम भयो । मलाई गर्व छ।”

राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “म उनीहरूसँग छलफल नै नभए पनि म यी दुवै महान् राष्ट्रसँग व्यापारमा उल्लेख्य वृद्धि गर्न गइरहेको छु ।”

ट्रम्पले भन्नुभएको छ, “यसबाहेक, कश्मीरको बारेमा कुनै समाधानमा पुग्न सकिन्छ कि भनी म तपाईहरूसँग काम गर्न चाहेको छु । भगवान्ले भारत र पाकिस्तानको नेतृत्वलाई राम्रो काम गर्न आशीर्वाद दिनुहोस्!”

भारतले पटक–पटक जम्मू–कश्मीरको विषयमा तेस्रो पक्षको हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने स्पष्ट अभिव्यक्ति दिँदै आएको छ ।
सचदेवले भन्नुभयो, “भारत अमेरिकासँग ‘बहुआयामिक रणनीतिक मोर्चा’मा सहकार्य गर्न आतुर छ ।”

एएनआईसँगको कुराकानीमा उहाँले भारतले पाकिस्तानविरुद्ध चालेको कदमको प्रशंसा गर्दै भन्नुभयो, “विश्व र पाकिस्तानका लागि यो सन्देश गएको छ कि भारतको सिद्धान्त अब ‘टिट फर ट्याट’ को हुनेछ ।”

सचदेवले थप्नुभयो, “मलाई लाग्छ कि यो भारतको तर्फबाट पनि राम्रो सामान्य ज्ञान हो। हामीले युद्धमा नफसेर आफ्नो आर्थिक शक्ति, हाम्रो व्यापक राष्ट्रिय शक्ति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको सम्भावित आणविक परिणामको उल्लेख गर्दै भन्नुभयो, “भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य भएकोमा स्वागत गर्दै यदि शान्ति कायम नभएको भए लाखौँ मानिसको ज्यान जान सक्ने बताउनुभएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला