२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

१ जेष्ठ २०८२, बुधबार १७:३३

चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका बीच सहकार्यलाई सुदृढ तुल्याउन आह्वान गरेका छन् ।

चीनका लागि इयू प्रतिनिधिमण्डलले आयोजना गरेको ’प्रोत्साहन सन्तुलन, प्रतिबद्धता कायम गर्ने, जिम्मेवारी ग्रहण गर्ने’ शीर्षकको बेइजिङ आयोजित उक्त सम्मेलनमा दुवै पक्षका करिब ५०० प्रतिनिधि सहभागी भएका थिए ।

फ्रान्सका पूर्वप्रधानमन्त्री तथा इयूका पूर्व आयुक्त मिचेल बार्नियरले आर्थिक स्थिरता, विश्वव्यापी स्वतन्त्र र निष्पक्ष व्यापारका साथै जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीका विषयमा इयू र चीनले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जनस्तरको आदानप्रदानलाई प्रगाढ सम्बन्धको जगका रुपमा लिएको बताउनुभयो ।

चीनको विदेश मन्त्रालयका युरोपेली मामिलाका महानिर्देशक ली जियानले विगत ५० वर्षमा चीन र इयूबीचको सम्बन्ध थप परिपक्व र लचिलो भएको बताउनुभयो ।

“जबसम्म दुवै पक्षले एकअर्कालाई सम्मान गर्छन्, समान परामर्शमा संलग्न हुन्छन् र एकअर्काका जायज चासोलाई सम्बोधन गर्छन्, तबसम्म हामी निश्चित रूपमा कठिनाइहरू पार गर्नेछौं र मतभेदहरू समाधान गर्नेछौँ,” लीले भन्नुभयो ।

सिन्ह्वासँग कुरा गर्दै चीनका लागि युरोपेली सङ्घका राजदूत जर्ज टोलेडो अल्बिनानाले इयू र चीनबीचको सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण सम्बन्धका रुपमा विकसित भएको बताउनुभयो ।

जलवायु परिवर्तनसँग जुध्न, जैविक विविधता र वातावरण संरक्षणमा युरोपेली सङ्घ र चीन असल साझेदार रहेको उल्लेख गर्दै उहाँले अब विश्व व्यापार सङ्गठनको ढाँचाभित्र रहेर दुवै पक्षले बहुपक्षीयताको रक्षा गर्ने अवसर पाएको उल्लेख गर्नुभयो ।

‘बेइजिङ फरेन स्टडिज युनिभर्सिटी’को ‘सेन्टर फर द युरोपियन युनियन एन्ड रिजनल डेभलपमेन्ट स्टडिज’का निर्देशक कुइ होङजियानले भन्नुभयो, “चीन र इयू दुवैले आफ्ना प्रतिबद्धतालाई कायम राख्न आवश्यक छ र आफ्ना मतभेदलाई अझ बढी तर्कसङ्गत दृष्टिकोण अपनाउनु पर्दछ र अर्थतन्त्र, राजनीति, संस्कृति र रणनीति गरी चार प्रमुख आयाममा सहयोगलाई प्रगाढ बनाउनुपर्छ ।

पचास वर्षअघि सन् १९७५ मा चीन र युरोपेली आर्थिक समुदायले कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए, जुन आधुनिक अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण क्षण थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव