२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित

२०८२, १ जेष्ठ बुधबार १७:३९

अप्रिलको मध्यदेखि सोमालियामा आकस्मिक बाढीबाट ८४ हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएको एक प्रतिवेदनअनुसार भारी मौसमी वर्षाका कारण आएको आकस्मिक बाढीले अप्रिलको मध्यदेखि विभिन्न क्षेत्रमा १७ जनाको ज्यान लिएको छ र ८४ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार मौसमविद्हरूले दक्षिणी र मध्य सोमालियामा आगामी दिनमा थप वर्षा हुने चेतावनी दिएका छन् ।

हर्न अफ अफ्रिका जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका क्षेत्रहरू मध्ये एक हो र चरम मौसमका घटनाहरू बढ्दो र तीव्र हुँदै गइरहेका छन् ।

सन् २०२३ मा सोमालिया भीषण बाढीबाट प्रभावित भएको थियो । एल निनो मौसम ढाँचासँग जोडिएको मुसलधारे वर्षाले गर्दा आएको गम्भीर बाढीपछि एक सय जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार