२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालमा जन्मुभएका सारु बेलायतको ‘ननिटन बेडवर्थ बरो’को मेयर निर्वाचित

२ जेष्ठ २०८२, बिहीबार १२:३७

काठमाडौँ | नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित हुनुभएको छ ।

आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु मेयर पदमा निर्वाचित हुनुभएको हो । लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी विल मार्कमले १५ मत प्राप्त गर्नुभयो । अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए । मेयरमा निर्वाचित हुनुभएका मेयर सारुले आजै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनियताको शपथ लिनुभयो । उहाँलाई निवर्तमान मेयर विल ह्यानकक्सले पद हस्तान्तरण गर्नुभएको थियो ।

सपथ ग्रहणपछि मेयर सारुले नेपालको ग्रामीण भेगमा जन्मेर बुवाको पाइला पछ्याउँदै बेलायती फौजमा भर्ती भएको सामान्य मानिसलाई बेलायतमा मेयरको रुपमा सेवा गर्ने अवसर दिएकामा काउन्सिल तथा बरोका सम्पूर्ण जनतालाई धन्यवाद दिनुभयो ।

सो अवसरमा उहाँले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । सपथग्रहण पछि कार्यभार सम्हालेलगत्तै रासससँग कुरा गर्दै मेयर सारुले नेपालमा जन्मिए पनि बेलायतमा मेयर सम्म बन्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

विश्वका विभिन्न ठाउँमा नेपालीले पनि नेतृत्व तहमा बसेर काम गर्न पाउनु समग्र नेपालकै गर्व भएकाले उहाँले आफूले सिकेका कुरा नेपालमा साटासाट गर्न तयार रहेको बताउनुभयो । “सबैभन्दा पहिले त मेयरको रुपमा आफूले काम गर्ने जिम्मेवारी पाएको बरोकै हित समग्र विकासका लागि मेरा योजनाहरु कार्यान्वयन गर्ने हो । त्यसका लागि यहाँको समुदायका विषयहरु मेरा प्राथमिकताहरु हुन्”, उहाँले भन्नुभयो, “यहाँ पनि ठुलो सङ्ख्यामा नेपाली समुदाय हुनुहुन्छ, पक्कै उहाँहरुलाई केही सहज हुनेछ । मेयरका रुपमा मेरो अनुभव नेपालका लागि पनि फलदायी हुनसक्छ । म मेयरहरुसँग सहकार्य गर्न सकारात्मक छु ।”

बेलायतमा गोर्खा भर्तीको दुई सय बर्ष भन्दा लामो इतिहासमा पूर्व गोर्खाको तर्फबाट नेपालमा जन्मिएका व्यक्ति पहिलो पटक मेयरको रुपमा निर्वाचित हुन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।
को हुन् सारु ?
पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ मा जन्मिनुभएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पुरा गर्नुभएको हो । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती हुनुभएको थियो ।

झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गर्नुभएका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुनुहुन्छ । सारु, रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रुपमा सेवा निवृत हुनुभएको हो । बेलायतमा सन् २०१७ देखि सारु ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइरहनुभएका सारु बेलायतमा सफल व्यवसायी मात्रै नभएर समाजसेवीसमेत हुनुहुन्छ । उहाँ विगत चारबर्षदेखि बेलायती राजनीतिमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो