२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डोनेसियामा सैन्य हमलामा १८ सन्दिग्ध सशस्त्र पृथकतावादीको मृत्यु

२ जेष्ठ २०८२, बिहीबार १५:०२

इन्डोनेसियाली सेना (टिएनआई) ले बिहीबार देशको पपुवा सेन्ट्रल प्रान्तको इन्टान जया रिजेन्सीमा १८ सन्दिग्ध सशस्त्र पृथकतावादीलाई गोली हानेर मारिएको बताएको छ ।

टिएनआईका प्रवक्ता क्रिस्टोमी सियाँतुरीले एक विज्ञप्तिमा बुधबार बिहान टिटिगी, नुगुसिगा, जैनदापा, सुगापा लामा र जानम्बाका गाउँहरूमा स्थानीय समयानुसार साँझ ४ बजेदेखि ५ बजेको बीचमा गोली हानाहान भएको बताउनुभयो ।

उहाँका अनुसार गस्तीले सुरुमा ती गाउँका बासिन्दाहरूलाई स्वास्थ्य सेवा र शिक्षा सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको थियो, तर त्यसपछि केही सशस्त्र पृथकतावादीहरूको सामना गर्नुपरेको थियो ।

“यो अपरेसन मापनयोग्य र व्यावसायिक तरिकामा गरिएको थियो र नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिइएको थियो । हामी पपुआन जनतालाई उनीहरूको मातृभूमिमा डरले बाँच्न दिनेछैनौँ”, सेनाको सूचना विभागका प्रमुख सियाँतुरीले भन्नुभयो ।

पृथकतावादीहरूबाट राइफल, गोलाबारुद, सञ्चार उपकरण लगायतका प्रमाणहरू पनि जफत गरिएको उहाँले बताउनुभयो ।

“टिएनआई यहाँ स्थानीयहरूलाई डराउनका लागि होइन, सशस्त्र समूहहरूले गरेको हिंसा र धम्कीबाट बचाउनका लागि आएको हो”, उहाँले भन्नुभयो ।

इन्डोनेसियाका सुरक्षा बलहरूको पपुआन पृथकतावादीहरूसँग बारम्बार झडप भएका छन्, जसको परिणामस्वरूप दुवै पक्षको ज्यान गएको छ ।

ओपिएमको सशस्त्र शाखा वेस्ट पपुवा नेसनल लिबरेसन आर्मी (टिपिएनपिबी) ले सैन्य र प्रहरी कर्मचारीहरूका साथै नागरिकहरूलाई लक्षित गर्दै स्वतन्त्र राज्यको खोजीमा दशकौँदेखि छापामार युद्ध चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव