२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मध्यरातदेखिको इजरायली आक्रमणमा ५० को मृत्यु

३ जेष्ठ २०८२, शुक्रबार १४:२१

गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ ।

“उत्तरी गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरेर गरिएको इजरायली गोलाबारीमा मध्यरातदेखि आज बिहानसम्ममा मृतकको सङ्ख्या बढेर ५० पुगेको छ… हाम्रा टोलीहरू अझै ती क्षेत्रहरूमा काम गरिरहेका छन्”, नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैयरले भन्नुभयो ।

उत्तरी सहर बेइत लाहियास्थित इन्डोनेसियाली अस्पतालका एक चिकित्सकले अधिकांश बालबालिका र महिलासहित ३० मृतक र दर्जनौँ घाइतेलाई अस्पतालमा ल्याइएको बताए ।

जबालियाको अल–अवदा अस्पतालका कार्यवाहक निर्देशक मोहम्मद सालेहका अनुसार अस्पतालमा बमबारीले पाँच जनाको मृत्यु भएको छ भने ‘७५ भन्दा बढी घाइते’ भएका छन् ।

“इजरायली कब्जाकारीहरूले मेरो घर नजिकैको घरमा बम हाने, यसका बासिन्दाहरू भित्र हुँदा सिधै प्रहार गरे”, बेइत लाहियाको पश्चिमी अल–सलातिन क्षेत्रका ४० वर्षीय युसुफ अल–सुल्तानले ‘हवाई आक्रमण, तोपखाना गोलाबारी र क्वाडकप्टर ड्रोनहरूबाट गोलीबारी’ को रिपोर्ट गर्दै भन्नुभयो, “नागरिकहरू बीच ठूलो विस्थापनको लहर छ । मध्य रातमा डर र त्रासले हामीलाई समातेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव