२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ

३ जेष्ठ २०८२, शुक्रबार १७:५०

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार गाजामा इजरायली आक्रमणपछि हृदय रोग र क्यान्सरकको उपचार सेवा बन्द भएको घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत डब्लुएचओका महानिर्देशक डा टेड्रोस एधानोम गेब्रेयससले मङ्गलबारको आक्रमणले खान युनूसको युरोपेली अस्पताललाई गम्भीर क्षति पु¥याएको पुष्टि गर्दै हाल सेवाहरु बन्द गरेको जानकारी दिनुभएको छ ।

टेड्रोसले खान युनिशस्थित अस्पताल बन्द हुँदा न्यूरोसर्जरी, मुटु र क्यान्सर उपचार, गाजाको कुनै पनि ठाउँमा उपलब्ध नभएको उल्लेख गर्नुभएको छ ।

यसले अत्यावश्यक स्वास्थ्य सेवाको पनि अभाव भई स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने भएकाले अस्पतालहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।

‘डक्टर्स विदाउट बोर्डर्स’ले पनि यसको परिणामका बारेमा चेतावनी दिँदै समाजिक सञ्जाल एक्समा उक्त अस्पताल अबुध रोगको उपचारसमेत भएको गाजाको स्वास्थ्य प्रणालीको अन्तिम सेवा केन्द्र भएको जानकारी दिनुभएको छ ।

गाजामा बाँकी रहेका अधिकांश अस्पतालहरू आंशिक रूपमा मात्र सञ्चालनमा रहेको तथा निरन्तर क्षमताभन्दा बढी काम गरिरहेको सङ्गठनले जनाएको छ । उहाँले स्वास्थ्य सुविधाहरूमा बारम्बार भएको आक्रमणले इजरायलले गाजालाई कसरी विनास गरिरहेको छ भन्ने कुराको अर्को प्रमाण भएको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव