२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प

३ जेष्ठ २०८२, शुक्रबार १७:५३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जतिसक्दो चाँडो भेट गर्न चाहेको बताउनुभएको छ ।

रुसी नेतालाई भेट्ने विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, “वातावरण बनेमा म यहाँबाट टर्कीए जानेछु । जतिसक्दो चाँडो हामी यसलाई व्यवस्था मिलाउने कोशिस गरिरहेका छौँ ।”

तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक रुस–युक्रेन शान्ति वार्तामा सहभागी हुन आफू टर्कीए जान इच्छुक रहेको ट्रम्पले बताउनुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीको भ्रमण गरे पनि रुसी समकक्षीले आमनेसामने वार्ताका लागि गरेको आह्वान अस्वीकार गरेपछि आफू वार्तामा सहभागी नहुने बताउनुभएको थियो ।

जेलेन्स्कीले पुटिनलाई आफू शान्तिप्रति गम्भीर रहेको प्रमाणित गर्न प्रत्यक्ष वार्ता गर्न चुनौती दिनुभएको थियो ।

पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणपछि पहिलो पटक प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको थियो तर रुसले निम्न स्तरको प्रतिनिधिमण्डल पठाएको थियो ।

पुटिनलाई भेट्नुको महत्त्वमा ट्रम्पको जोड पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको अडानको ठीक विपरीत छ । उहाँले केवल युक्रेनले मात्र आफ्नो भविष्यको लागि वार्ता गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव