२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निसानले कर्मचारीका लागि शीघ्र अवकाश योजना ल्याउने

५ जेष्ठ २०८२, आईतवार १६:५१

निसान मोटर कम्पनीले जापानका प्रशासनिक कर्मचारीहरूबाट जुलाईदेखि अवकाशका लागि आवेदन माग गर्ने योजना बनाएको छ ।

कम्पनीले विश्वव्यापी रूपमा करिब २० हजार रोजगारी कटौती गर्ने योजना अन्तर्गत अवकाश हुन चाहने कर्मचारीको नाम अफिसमा दर्ता भनेको स्थानीय सञ्चार माध्यमहरूले आइतबार जनाएका छन् ।

जापानी अटोमेकर (कार कम्पनी) निसानले पहिले नै बिक्री र लेखामा काम गर्र्ने लक्षित कर्मचारीहरूलाई प्रारम्भिक सेवानिवृत्ति प्याकेजहरूको बारेमा सूचित गरिसकेको छ ।

“यसले बिक्री र लेखामा काम गर्नेहरूलाई लक्षित गर्नेछ भने विकास र उत्पादन शाखाहरूमा काम गर्ने कर्मचारीहरूका लागि यो योजना आकर्षित हुने छैन,” क्योदो न्यूजले यस मामिलामा नजिकको स्रोतलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

कम्पनीले ४५ देखि ६४ वर्ष उमेर समूहका श्रमिकलाई समेट्ने यो योजना जुलाई र अगष्टमा उपलब्ध गराइने जनाएको छ तर अवकाश स्वीकार गरिने आवेदनको सङ्ख्या भने खुलाएको छैन ।

कमजोर बिक्रीसँग जुधिरहेको जापानको तेस्रो ठूलो अटोमेकरले मङ्गलबार आर्थिक वर्ष २०२४ मा ६७०.८ अर्ब येन (करिब ४.५४ अर्ब अमेरिकी डलर) को भारी खुद घाटा भएको रिपोर्ट गर्दै पुनर्संरचना उपायहरूको घोषणा गरेको छ।

आर्थिक वर्ष २०२७ सम्ममा आफ्नो विश्वव्यापी श्रमशक्तिमा करिब १५ प्रतिशतले कटौती गर्नुका साथै योकोहामास्थित अटोमेकरले सोही अवधिमा विश्वव्यापी रूपमा आफ्ना सवारी प्लान्टहरू १७ बाट १० मा झार्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव