२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

२०८२, ६ जेष्ठ सोमबार १३:५१

अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उहाँको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।

शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो । विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय डेमोक्र्याट नेता बाइडेनका छोरा बो बाइडेनको क्यान्सरका कारण मृत्यु भएको थियो । पूर्व राष्ट्रपति बाइडेनलाई पिसाबमा प्रोस्टेट नोड्यूल (क्यान्सरको एक लक्षण) देखिएपछि सङ्क्रमण पुष्टि गरिएको हो ।

“पिसाबमा प्रोस्टेट नोड्यूल देखा पर्नु यो रोगको अधिक आक्रामक रूप हो । यसबाट क्यान्सर हार्मोन–संवेदनशील देखिन्छ र यसको प्रभावकारी उपचारको आवश्यक पर्छ । राष्ट्रपति र उनका परिवारले आफ्ना चिकित्सकहरूसँग उपचारको विकल्पहरूको समीक्षा गरिरहेका छन्।

लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी बाइडेनको संज्ञानात्मक क्षमताबारे आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई ‘दुःखी’ बनाएको बताउनुभएको छ ।

“हामी जोको शीघ्र र सफल स्वास्थ्य लाभको कामना गर्दछौँ र उहाँकी पत्नी जिल र परिवारका अन्य सदस्यप्रति विशेष सहानुभूति व्यक्त गर्दछौँ,” ट्रम्पले ट्रुथ सोसलमा बाइडेनकी पत्नी जिल बाइडेनलाई सम्बोधन गर्दै भन्नुभएको छ ।

“जो एक लडाकु हुन्,” बाइडेनकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनले क्यान्सरको सहजै सामना गर्नुहुनेछ भन्ने सुभेक्षा प्रकट गर्नुभएको छ । ह्यारिसले गत वर्षको राष्ट्रपतीय चुनावबाट बाइडेनले नाम फिर्ता लिएपछि ट्रम्पविरुद्धको लडाइँमा राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवारका रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

“मलाई थाहा छ, उहाँले यस चुनौतीको सामना उही शक्ति, लचिलोपन र आशावादका साथ गर्नुहुनेछ जसले सधैँ उहाँको जीवन र नेतृत्वलाई परिभाषित गरेको छ। हामी पूर्ण र शीघ्र स्वास्थ्यलाभको लागि कामना गर्दछौँ,” उहाँले भन्नुभयो ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो संयुक्त राज्य अमेरिकामा आठ मध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन् ।

यो रोगको प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ ।

हर्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई सङ्कुचित गर्न सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्छ तर यो समस्या (रोग) पूर्णरूपमा निको पार्ने विधि होइन।

विज्ञप्तिमा बाइडेनको क्यान्सरमा ‘९ (ग्रेड समूह ५) को ग्लेसन स्कोर’ रहेको पाइएको छ ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार ‘धेरै असामान्य’ देखिने प्रोस्टेट क्यान्सरको उच्चतम खतराको दरलाई पाँचौँ ग्रेडमा राखिएको छ । बाइडनको रोगको गम्भीरतालाई सङ्केत गर्ने ‘ग्लेसन स्कोर’ १० सम्म पुग्छ ।

– ‘मलाई हेर्नुहोस्’ –

बाइडनले यसै वर्षको जनवरीमा इतिहासकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपतिका रूपमा पद छोडुनुभएको थियो । उहाँको कार्यकालको अधिकांश समय उहाँको स्वास्थ्य र उमेरलाई लिएर डेमोक्र्याट मतदातालगायत अन्य अमेरिकीहरूले वृद्ध नेताले कार्यभार सम्हाल्नु सम्भव होला भन्ने आँकलनबीच आफ्नो कार्यकाल सकुशल पूरा गर्दै उहाँले आफ्नो स्थानमा राष्ट्रपतिको उम्मेदवारका रूपमा पूर्व राष्ट्रपति कमला ह्यारिसलाई अघि सार्दै सक्रिय राजनीतिबाट बिदा लिनुभएको थियो ।

राजनीतिबा विश्राम दिनुभन्दा पहिले उहाँमाथि लागेको आरोपबारे उहाँले कडारूपमा भन्ने गर्नुहुन्थ्यो, “मलाई हेर्नुहोस्।”

गत वर्षको जुलाईमा ट्रम्पविरुद्धको विनाशकारी बहसमा उहाँको संज्ञानात्मक क्षमताको डर बाहिर आएपछि उहाँको पराजय हुने डरले उहाँलाई आफ्नै कार्यकर्ता तथा नेताहरूबाट राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित हुने लालसा त्याग्न भनिएको थियो र अन्ततः उहाँले सक्रिय राजनीतिक यात्राबाट विश्राम लिनुभएको थियो ।

ह्यारिसले राष्ट्रपतिको उम्मेदवारका रूपमा पाइला टेकेपछि राष्ट्रपतिको उम्मेदवारका रूपमा बाइडेनको तुलनामा उहाँको पक्षमा समर्थन चुलिएको थियो । तर अन्ततः उहाँ ट्रम्पसँग पराजित हुनुभएको थियो ।

सन् २०२० को चुनावमा ट्रम्पलाई पराजित गरेका बाइडेनले सन् २०२४ को चुनावमा पनि आफूले जित्न सक्ने दाबी गर्नुभएको थियो तर उहाँको पतनमा उहाँकै (राष्ट्रपति कार्यालयका)कर्मचारी र प्रमुख डेमोक्र्याट नेताहरूको प्रतिक्रियामाथि लामो समयदेखि प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ